सात विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

13 October, 2017 18:54 | राजनीति | comments | 21450 Views

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ऐन राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४, राष्ट्रिय समावेशी आयोग विधेयक २०७४, आदिवासी जनजाति आयोग विधेयक २०७४, मधेसी आयोग विधेयक २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक २०७४ प्रमाणीकरण गरेकी हुन्।

त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक २०७४ र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक २०७४ पनि प्रमाणीकरण भएको छ। विधेयक प्रमाणीकरण गरेपछि तिनीहरुले ऐनको रुप लिनेछन्।

बाढी पीडितलाई उपराष्ट्रपति पुनद्वारा एक महिनाको तलब

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More