मलेसिया मलेसिया

  • मलेसिया
  • मलेसिया
  • मलेसिया
  • मलेसिया
  • मलेसिया
  • मलेसिया

साथीको मृत्युमा दोषी ठहर नेपाली युवालाई २२ वर्ष जेल

20 February, 2018 19:20 | प्रबास | comments | 122250 Views

मलेसिया

मलेसियाको उच्च अदालतले आफ्ना सहकर्मीको मृत्यु हुनुमा दोषी देखिएको अभियोगमा एक नेपाली युवालाई २२ वर्ष जेल सजाय सुनाएको छ । हत्या गर्ने मनसायले नभई लापरवाहीका कारण सहकर्मीको मृत्यु भएकोले उक्त सजाय भएको बताइएको छ ।

adsads

मलेसियाको मुआरस्थित एक फर्निचर कम्पनीमा कार्यरत १९ वर्षय सुजन श्रेष्ठलाई झैझगडापछि आफ्नै सहकर्मी होमबहादुर मगरको मृत्यु हुनुमा दोषी देखिएको अभियोग प्रमाणित गर्दै उच्च अदालतले उक्त सजाय सुनाइएको हो ।

मलेसियाली सञ्चारमाध्यमका अनुसार सुजनले घटनामा आफू दोषी नभएको भन्दै आफ्नो बचाउ गरे पनि अदालतले चित्त बुझ्दो प्रमाण, जवाफ नदिएको भन्दै उक्त सजाय सुनाएको हो ।

दुई वर्षअघि ‘पो कियोङ ईण्डस्ट्रीज’ नामक कम्पनीको होस्टलमै झगडा भएको थियो । उक्त घटनापछि ३० वर्षीय मगरको मृत्यु भएको थियो । त्यसलगत्तै मलेसियाली प्रहरीले सुजनलाई पक्राउ गरेको थियो भने जेल सजाय पक्राउ परेकै दिनदेखि नै लागू हुने बताइएको छ ।

मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मलेसिया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More