Thursday 23, February 2017
नेपाली समय: 11:09:41
जापानी समय: 02:24:41

सामसुङ कम्पनीका प्रमुख पक्राउ

17 February, 2017

सामसुङ कम्पनीका कार्यबाहक प्रमुख ली जेइ-यङ पक्राउ परेका छन् । घुसखोरी लगायतका आरोपमा उनी शुक्रबार दक्षिण कोरियाबाट पक्राउ परेका हुन् । लीको पहिले जनवरीमा पनि बयान लिइएको थियो तर पक्राउ गरिएको थिएन । तर, यसै साता लिइएको उनको अर्को बयानपछि भने शुक्रबार उनलाई पक्राउ गरिएको हो ।

अदालतले नयाँ प्रमाण र आरोपहरु भएकाले पक्राउ गर्न जरुरी भएको बताएको छ। ‍लीले सामसुङको आमूल परिवर्तनमा सरकारी सहयोग र समर्थन जित्न ४१ अर्ब वन राष्ट्रपति पार्कको निकट मित्र चोइसँग जोडिएको संगठनलाई चन्दा दिएको आरोप छ ।

ली उनका पिता एवम् सामसुङका अध्यक्ष ली कुन हीका एकमात्र छोरा हुन् । लीका बारेमा थप अनुसन्धानका आधारमा कारवाही गरिने बताइएको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads