सार्वजनिक पद धारण गरेकाले नेपाल एअरलाइन्स चढ्न लेखा समितिको निर्देशन

9 August, 2017 22:08 | कर्पोरेट/पर्यटन | comments | 22800 Views

संसदको लेखा समितिले  सार्वजनिक पद धारण गरेको व्यक्तिले आन्तरिक तथा वाह्य हवाई यात्रा गर्दा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एअरलाइन्स प्रयोग गर्न निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले सार्वजनिक पदमा रहेका व्यक्तिलाई सरकारी विमान चढ्न निर्देशन दिएको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जयनारायण देवले सरकारी कर्मचारीले सकेसम्म सरकारी विमान चढ्नुपर्ने निर्देशन दिन समितिलाई आग्रह गरेका थिए ।
राष्ट्रिय ध्वजावाहकप्रतिको विश्वसनीयता बढाउनका लागि सबै सरकारी पद धारण गर्नेले राष्ट्रिय ध्वजाबाहक प्रयोग गर्नुपर्ने मन्त्री देवको भनाई थियो ।
मन्त्रीको आग्रहपछि समितिले सार्वजनिक पदधारण गरेको राजनीतिक र प्रशासनिक व्यक्तिले आन्तरिक तथा बाह्य उडानका क्रममा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नै प्रयोग गर्न सरकारलाई निर्देशन गरेको हाे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More