साहित्यकार गुरुङको कथा संग्रह “विकृतिका अग्ला पर्खालहरु”को लोकार्पण

19 November, 2017 15:38 | प्रबास | comments | 20250 Views

सुरेन उप्रेती क्यानडा, साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु” विमोचन भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास) क्यानडा अटवाको आयोजनामा भएको एक साहित्यिक कार्यक्रमकाबीच  गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु” विमोचन गरिएको हो ।

गत बर्ष २०१६ अक्टोवर १७ तारिखमा काठमाणंडौमा विमोचित  गुरुङको जीवनी पथिक म जीवनको पुस्तक माथि अनेसासका सल्लाहकार सुरेन उप्रेतीले चर्चा गर्नु भएको थियो । उक्त पथिक म जीवनको पुस्तकमाथि चर्चा गर्दै श्री उप्रेतीले  प्रवासको व्यस्त समयमा निरन्तर लेखन कार्यलाई अगाडि बढाउने कार्य आफैमा महत्वपूर्ण छ भने सरल लेखाई स्पष्ट प्रस्तोता भएर यथार्थलाई पाठक समक्ष राखनु लेखकको विशेषता हो भन्नुभयो ।

कार्यक्रम समाजसेवी  टंक बरालको प्रमुख आतिथ्यमा  सम्पन्न भयो ।कथाको विमोचन गर्दै प्रमुख अतिथि श्री बरालले यस्तो व्यस्त जीवनमा यस्ता श्रृजना गर्न सक्नु भनेको भाषा र साहित्य प्रतिको ठूलो योगदान र तपश्या हो भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका अनेसासका अध्यक्ष कमल कोइरालाले साहित्यकार श्री गुरुङको निरन्तर लेखनले आफु प्रभावित भएको र उहाँको योगदानको प्रसंशा गर्नुभयो ।

पत्रकार खड्काको उपन्यास ‘निर्वाण’ को लोकार्पण

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More