सिंहदरबारभित्रबाट गाडीको टायर सरकारी चालकले चोरेको पुष्टि

17 December, 2017 18:56 | जन सरोकार | comments | 18900 Views

मुलुकको सबभन्दा ठूलो प्रशासनिक परिसर सिंहदरबारबाट चोरी भएको सरकारी गाडीको टायर ललितपुरमा भेटिएको र चोरीमा सिंहदरबारस्थित सरकारी कार्यालयकै ड्राइभरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर भोजराज पाण्डेले दिएको जानकारी अनुसार स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको खुलेको छ । फरार उनको खोजी भइरहेको छ ।

घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको छ । प्रहरीले सर्भिस सेन्टरका जमलबहादुर मगरलाई पक्राउ परेको छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार रातको समयमा टायर खोलेको र विहान ७ बजे लगेको अनुसन्धानबाट खुलेको छ । चोरीमा प्रयोग भएको जग सर्भिस सेन्टरबाट लगेको खुलेको छ ।

सिंहदरबारभित्र करोडौंको लेनदेन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More