सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’ सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

  • सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’
  • सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’
  • सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’
  • सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’
  • सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’
  • सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

13 August, 2018 13:16 | पत्रपत्रिका | comments | 4050 Views

सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ। ठेकेदार कम्पनीले गरेको काम नियमन गर्ने जिम्मेवारी पाएका आयोजना प्रमुखले अनुगमन नगर्दा मूल नहर क्षतविक्षत भएको स्थानीयको भनाइ छ।

adsads

स्थानीयले निर्माण कार्य सुरु हुँदादेखि गुणस्तरहीन काम भएको गुनासो गर्दै आएका थिए। तर कुनै पनि आयोजना प्रमुखले ठेकेदार कम्पनीलाई गुणस्तरहीन कामबारे प्रश्न सोधेको पाइएको छैन। हेडवक्र्सको निर्माणपछि कृष्णराज तिमिल्सिनाले सुरु गरेको नहर विस्तारमा हालसम्म पाँचजनाले आयोजना प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

करिब ६ सय मिटर मूल नहर विस्तार गरेका तिमिल्सिनापछि सर्वदेव जैसवाल, दिलीप कार्की, सरोज पण्डित, रमेश बस्नेत र महेश्वरनरसिंह केसी आयोजना प्रमुख भए। केसीबाहेक अन्यले एक वर्षभन्दा बढी समय आयोजना प्रमुख भएका थिए । एक वर्षभन्दा बढी जिम्मेवारीमा रहेका सबै आयोजना प्रमुखले एकएक खण्डको ठेक्का सम्झौता गराएका हुन्। जैसवालले मूल नहरको पहिलो खण्ड, कार्कीले दोस्रो र पण्डितले तेस्रो खण्डको ठेक्का सम्झौता गराएका थिए। हालका आयोजना प्रमुख बस्नेतले पूर्वी नहरको ठेक्का सम्झौता गरेका थिए। तेस्रो खण्डको सम्झौता गराएका पण्डितले दोस्रो खण्डको काम गराएका हुन् । नहरको सोही खण्ड सबैभन्दा जोखिममा छ।

‘विस्तृत अध्ययन नगरी हतारमा ठेक्का लगाएका कारण अहिले समस्या आइरहेको हो,’ आयोजनाका एक इन्जिनियरले नागरिकसँग भने, ‘राम्रोसँग अध्ययन गरेर ठेक्का लगाएको भए घुलनशील माटोको समस्या पनि आउँदैनथ्यो। काम पनि राम्रोसँग गराउन सकिन्थ्यो।’

हतारमा टेन्डर आह्वान गर्ने र सबैको ध्यान कसरी पैसा कमाउन सकिन्छ भन्नेमै केन्द्रित हुँदा समस्या बल्झेको स्रोतको भनाइ छ। स्रोतका अनुसार ठेक्का प्रक्रिया पूरा गर्नेबित्तिकै ठेकेदारले मोबिलाइजेसन (पेस्की) रकम प्राप्त गर्छन् र आयोजना प्रमुखले कमिसन लिन्छन्।

वर्षौंदेखि प्राविधिकसहित प्रायः ६० भन्दा बढी कर्मचारी (आयोजनाले आफैं भर्ना गरेकासमेत) कार्यरत रहँदै आएको आयोजनामा ठेकेदारले गरेको कामलाई गुणस्तरीय बनाउन ध्यान दिनुको साटो मिलेमतो गर्दा मूल नहर गुणस्तरहीन हुन पुगेको कचनापुरका तप्त पौडेल बताउँछन्। ‘गुणस्तरीय काम नभएको बारे पटकपटक आवाज उठाउँदै आएका थियौं,’ उनले भने, ‘सर्वसाधारणका त्यस्ता गुनासा कुनै पनि प्रमुखले गम्भीरतापूर्वक लिएनन्।’

विगतदेखि नै आयोजना प्रमु्खले तोकेको जिम्मेवारी पूरा नगर्दा राष्ट्रिय गौरवको सिक्टा सिँचाइको भविष्य अन्योलमा परेको स्थानीयको ठहर छ।

पश्चिमतर्फको करिब ३५ किलोमिटरसम्मको खण्ड राप्तीसोनारी गाउँपालिकामा पर्छ। गाउँपालिका अध्यक्ष लाहुराम थारूले नहर निर्माणमा लापरबाही हुनाको साथै गुणस्तरहीन काम भएकाले पटपकपटक भत्कने गरेको बताए । सोही गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री नहरको २४ किलोमिटरभन्दा बढी खण्ड पानी नचल्दै जीर्ण भइसकेको बताउँछिन्। उनले पनि मूल नहरको निर्माण कार्य सुरु हुँदादेखि नै गुणस्तरहीन कामबारे गुनासो गर्दा ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीले बेवास्ता गरेको गुनासो गरिन्।

६ वर्षमा (सन् २००९– २०१५ सम्म) पहिलो, दोस्रो र तेस्रो चरणमा गरी सिक्टाको मूल नहर बनाइएको हो। मूल नहरको अधिकांश काम (४२ किलोमिटर) सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो। निर्माण थालेको केही वर्षमै सुरु भएको भत्कने क्रम अझै जारी रहेको कालिकाबाटै पेटी ठेक्का लिएका एक ठेकेदारले बताए।

‘कमसल निर्माण सामग्री प्रयोग गरिएकाले नै सुरुदेखि नै मूल नहर सफल हुनेमा शंका गरेका थियौं,’ उनले भने, ‘त्यो शंका अहिले आएर पुष्टि भयो।’ मूल नहर भत्केको अवस्था देख्दा नहर चल्नेमा शंका रहेको उनको भनाइ छ। ५० क्युमेक्स पानी अट्ने गरी बनाइएको नहरमा ४/५ क्युमेक्स पानी चढाउँदा नै भत्कने गरेको छ।

कालिकाले निर्माण गरेको पहिलो र दोस्रो खण्डको (०–३५ किलोमिटर) एक सयभन्दा बढी ठाउँको नहर भत्किएको छ। सिक्टाको बाँधस्थलसमेत पर्ने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष थारु मूल नहर भत्कने क्रम तीन÷चार वर्षअघि नै सुरु भएको बताउँछन्।

बाँकेको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने लक्ष्यसहित निर्माण सुरु भएको उक्त आयोजनाबाट अहिलेसम्म किसानको खेतमा पानी पुग्न सकेको छैन। २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ।

‘छानबिन टोली छिटो फिल्डमा आउनुपर्यो ’
सिक्टा सिँचाइमा भएको अनियमितता छानबिन गर्न गठित अख्तियार दुरुपयोग अनुन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोली छिटो फिल्डमा पुग्नुपर्ने स्थानीयले माग गरेका छन्। राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष थारूले छानबिन टोलीसँग सर्वसाधारणले धेरै अपेक्षा गरेकाले चाँडो फिल्डमा आउनुपर्ने माग गरे। मन्त्रालयद्वारा गठित छानबिन टोलीका संयोजक तथा सहसचिव सुशीलचन्द्र तिवारी भने एक सदस्यको व्यस्तताले फिल्डमा पुग्न नसकेको बताउँछन् । ‘यो साता नै फिल्डमा पुग्ने प्रयासमा छौं,’ उनले भने।

आजको नागरिकमा खबर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More