सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित

23 November, 2017 17:16 | प्रबास | comments | 16050 Views

अष्ट्रेलिया– सिड्नीमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टद्वारा निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठ सम्मानित भएका छन् ।

एक विशेष साहित्यिक समारोहाकाबीच  च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम्  गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरेकी हुन् ।

समारोहमा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता के.सी. , भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधान लगायतले नेपाली साहित्य र सिड्नीको सिर्जनात्मक वातावरणबारे बोलेका थिए ।

मन्तव्यको क्रममा अष्ट्रेलियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गरे ।

सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गरे ।

नयाँघरेले अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुने बताए ।समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More