Thursday 30, March 2017
नेपाली समय: 06:22:27
जापानी समय: 09:37:27

सिड्नीमा नेपालको पर्यटन प्रवर्द्धन गर्न कार र्‍याली

8 January, 2017

सिड्नीमा कार र्‍याली

कारको पछाडि राखिएको नेपाल र नेपाली पर्यटनसम्बन्धी पर्चा । अगाडिपट्टि दुबैतिर नेपाली झण्डा ।

करिब ३ दर्जन नेपाली झण्डा र नेपालको प्रचारप्रसारयुक्त सामग्री बोकेका सवारी साधनहरुले २ घण्टासम्म १ सय २ किलोमिटर सिड्नीको शहर परिक्रमा गरे । जसको उद्देश्य एकै थियो, नेपाली पर्यटन प्रवर्द्धन गर्ने र यहाँका विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने ।

नेपाल चिनाउने र विदेशीहरुलाई नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराउने उद्देश्यले पहिलोपटक कार ऱ्याली आयोजना गरिएको थियो । ३० बढी कारहरुले नेपालको प्रचारप्रसार गर्दै सिड्नीका मुख्य क्षेत्रहरुमा र्‍याली गरे ।

सिड्नीमा कार र्‍याली

नेपालीहरुको बाक्लो बसोबास रहेको रकडेलबाट ब्राइटनबीच हुँदै सिड्नीको टाउन हल, सेन्ट्रल, रेडफन लगायतका शहरहरुलाई परिक्रमा गर्दै गरिएको उक्त प्रचारात्मक र्‍यालीले नेपाली पर्यटनको राम्रो प्रचार गरेको थियो । बाटोमा हिँडिरहेका विदेशीहरुले समेत उक्त र्‍यालीलाई उत्साह र चासोका साथ हेरे ।

अष्ट्रेलियामा रहेका दुई सामाजिक संस्था जय नेपाल फाउण्डेसन र नेप्लिज् युथ फोरमले नेपाली पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ उपाय निकालेका हुन् । आफ्नो गाडी भएका नेपालीहरुलाई नेपाल चिनाउने स्टिकर लगाउन प्रेरित गर्ने । आधुनिक शैलीमा बनाइएको र सरकारी निकायबाट स्वीकृति लिइएको उक्त स्टिकरमा नेपाललाई आफ्नो होलिडे बनाउन आग्रह गरिएको छ । टाढैबाट प्रष्ट देखिने पारदर्शी उक्त स्टिकरमा गौतम बुद्ध, सगरमाथा, कुमारी लगायतको चित्रहरु कोरिएको छ । ‘यो हामीले आफ्नो देशको पर्यटनमा केही योगदान पुर्‍याउन सकिन्छ कि भनेर सुरु गरिएको सानो अभियान हो’ जय नेपाल फाउण्डेसनका अध्यक्ष विष्णु सापकोटाले कान्तिपुरलाई भने ।

सिड्नीमा कार र्‍याली

१ सय ३० डलर पर्ने उक्त स्टिकरलाई गाडी धनीहरुले आफ्नै खर्चमा लगाएका हुन् । नेप्लिज् युथ फोरमका महासचिव अरुण गौतमका अनुसार अहिलेसम्म ३० वटा कारमा उक्त स्टिकर लगाइसकिएको छ भने अन्य विभिन्न राज्यहरुबाट स्टिकरको माग भइरहेको छ । यसका साथै नेपाली पर्यटन प्रवर्द्धन हुने यस्तै स्टिकरलाई सिड्नीमा गुड्ने सार्वजनिक बसमा लगाउने तयारी समेत सुरु गरिएको छ ।

सिड्नीमा कार र्‍याली

सार्वजनिक बसले एक महिनाको १ हजार ५ सय डलरदेखि १ हजार ८ सय डलरसम्म शुल्क लिने भएकाले रकम संकलनको कार्य समेत भइरहेको गौतमले जानकारी दिए ।

सिड्नीमा कार र्‍याली

आजको कान्तिपुरमा खबर छ ।

‘नेपाल फेस्टिबल सिड्नी’ भब्यताका साथ सम्पन्न

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo