Thursday 23, February 2017
नेपाली समय: 11:04:59
जापानी समय: 02:19:59

सिड्नीमा नेपाली युवतीको डुबेर मृत्यु, एक युवा बेपत्ता

14 February, 2017

sydney

क्रिसमस क्रममा अष्ट्रेलियामा केही नेपालीको पानीमा डुबेर मृत्यु भएको घटना सेलाउन नपाउँदै मंगलबार अर्थात् १४ फेब्रुअरीको बिहानै सिड्नीमा एक नेपाली युवतीको पानीमा डुबेर मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता छन् । उनीहरु भ्यालेन्टाइन मनाउन गएको अनुमान छ ।

अस्ट्रेलियामा संचालित माई नेपाल टेलिभिजनका अनुसार विहान ६ बजे एक व्यक्तिले युवतीको शव समुद्री किनारामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थलमा पुगेको प्रहरीले उनीहरुको लुगा नजिकैबाट बरामद गरेको छ भने घटनालाई शंकास्पद नभएको भन्दै बेपत्ता युवाको खोजी थालेको छ ।

समाचार अनुसार ज्यान गुमाउने नेपाली विद्यार्थी दुई हप्ता अघि मात्रै अष्ट्रेलिया आएकी थिइन् । सिड्नीको न्यूसाउथवेल्स युनिभर्सिटीमा अध्ययनका लागि आएकी नेपाली विद्यार्थी श्रृष्टि भण्डारी भएको खुलेको छ । श्रृष्टि काठमाडौं निवासी हुन् भने वेपत्ता युवा झापा निवासी सुदीप उप्रेती हुन् ।

न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदुत दिपक खड्काले आफु प्रहरीसँग सम्पर्कमा रहेको र बेपत्ता बनेका नेपाली युवा सुदिप उप्रेतीको खोजी भइरहेको जानकारी दिनुभयो ।

सिड्नीको मरुब्रा तटमा गएका उनीहरु नफर्किएपछि साथीभाईले उनीहरुको खोजी गरिएको थियो । मरुब्रासहितका क्षेत्रमा उच्च छाल देखिएपछि एक दिनका लागि बन्द गरिएको छ । सिड्नीमा बिग्रिएको मौसमका कारण यतिबेला खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले नजिकका आफन्त र परिवारलाई घटनाको बारेमा जानकारी गराइसकिएको बताउनुभयो ।

पौडी खेल्ने क्रममा नदीमा डुबेर अस्ट्रेलियामा एक नेपालीको मृत्यु

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads