सिरहामा वाम गठबन्धनको कार्यालयमा बम विष्फोट

24 November, 2017 21:57 | जन सरोकार | comments | 23250 Views

निर्वाचनको मिति  नजिकिएसँगै सिरहाको मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट भएको छ । धनगढीमाई नगरपालिका ७ स्थित फुलकहामा राखिएको फोरमको प्रचार गाडीमा समेत बम भेटिएको छ ।
सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा शुक्रबार दिउँसो बम विष्फोट भएको हो । कार्यालयको नवनिर्मित माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार विष्फोटबाट कुनै किसिमको क्षति भएको छैन् । विष्फोट गराएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ ।
यस्तै बम विष्फोट घटनाको एक घण्टा नबित्दै फुलकहामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो । उम्मेदवार सिंहको प्रचार गाडी बा ३ च ७६६१ नम्बरको गाडीमा कुकर बम फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडी सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटियो । इन्सपेक्टर सुवेदीले भेटिएको बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोलीलाई खबर गरेको थियो ।
एकैदिन एक उम्मेदवारको कार्यालयमा बम विष्फोट र अर्का उम्मेदवारको प्रचार गाडीमा बम भेटिएपछि अन्य उम्मेदवार त्रसित बनेका छन् ।

यो पनि पढ्नुहोस्

धनकुटामा उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More