सिरियाली सरकारी वार्ता टोली जेनेभा शान्तिवार्तामा पुनः सहभागी

12 December, 2017 12:44 | विश्व समाचार | comments | 21300 Views

सिरियाली द्वन्द्वबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा शुरु भै स्थगित रहेको शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेको संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष दूत स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।

सिरियाली सरकारी टोलीसँग निकट एक स्रोतले आफ्नो समूह डिसेम्बर २ मा साताको अन्त्यमा थप तयारी तथा आरामका लागि भनी स्थगित भएकोमा आइतबार वार्तास्थल आइपुगेको बताएको छ ।

राष्ट्रसङ्घले वार्ता डिसेम्बर ५ देखि शुरुहुने बताए पनि सिरियाली सरकारी टोली उक्त समयमा आएको थिएन । डे मिस्टुराले वार्ता शुरु हुनुपूर्व यस चरणमा दुई पक्षबीच देखिएको ठूलो समस्या भनेको आपसी विश्वासको कमी रहेको बताउनु भएको थियो । गत नोभेम्बर २८ मा शुरु भएको वार्ता डिसेम्बर १५ मा टुङ्ग्याउनेगरी तय भएको थियो ।

सिरियाली सरकारले शान्ति वार्तामा सहभागिता जनाउँछ – राष्ट्रसङ्घ प्रतिनिधि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More