सुनकाण्डका फरार डिएसपी छानबिन समितिको सम्पर्कमा

26 April, 2018 18:52 | जन सरोकार | comments | 45750 Views

बहुचर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणमा बयान दिने क्रममा शौचालयबाट भागेकाा प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत छानबिन समितिको सम्पर्कमा आएका छन् ।

डिएसपी राउतलाई खोज्न ७७ वटै जिल्ला र प्रदेश प्रहरी कार्यालयमा आन्तरिक सर्कुलर जारी गरिएपछि उनी सम्पर्कमा आएका हुन् ।

adsads
मंगलबार गृह मन्त्रालयमा बयान लिने क्रममा उनी फरार भएका थिए ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई यातना दिएर हत्या गरिएको थियो ।

राउतको साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेती गोरेसँग राम्रो सम्बन्ध भएको बताइएको छ ।

मंगलबार राउतसहित एसपी विकासराज खनालको समितिले बयान लिएको थियो । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् राउत भने बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन बने भए ।

आइतबार पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले बयान लिएलगत्तै पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । सोही डरले राउत भागेको बताइन्छ ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

नौ महिनामा ४७ टन सुन तस्करी, अर्बै रुपैयाँ अवैध बाटोबाट विदेशिंदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!