‘सुनकेसरी’ स्तरिय हरर फिल्म : ऋचा र अर्पण

24 May, 2018 14:42 | कला/मनोरन्जन , कलिउड | comments | 51000 Views

 

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी निर्मात्री तथा नायिका ऋचा शर्माले निर्माता हरर जनरामा बनेको चलचित्र सुनकेसरीलाई दर्शकहरुले मन पराईदिनुहुनेमा आफ्नु ढुक्क रहेको  बताउनुभएको छ ।जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि चितवन मा गरिएको भेटघाटमा उनले यस्तो उहाँले यस्तो बताउनुभएको हो ।

adsads

यस्तै ऋचाले सुनकेसरी यस अघी बनेको भनिएको हरर फिल्म भन्दा स्तरिय रहेको समेत बनाउनुभयो । नेपालमा यस अघी पनि हरर फिल्म नबनेका होइनन तर त्यती स्तरिय थिएनन् ऋचा भन्नुभयो । चलचित्रको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरेको र अहिले सम्म १ करोड ३० लाख भन्दा बढी खर्च भईसकेको ऋचाले बताउनुभयो ।

नेपालमा आफुले खोजेको जस्तो लोकेसन नपाएको कारण अस्ट्रेलियामा गएर चलचित्रको सुटिङ गरिएको ऋचाले जानकारी दिनुभयो यस्तै ऋचाले सुनकेसरी बनाएर आफुहरुले ठुलो रिक्स लिगेको र अभिनयको हिसाबमा पनि सुनकेसरी आफ्नो लागि च्यालेञ्जिङ काम भएको बताउनुभयो ।

यस्तै चलचित्रमा निर्देशक अर्पण थापाले सुनकेसरी आफ्नो लागि पनि च्यालेञ्जिङ नै भएको बताउनुभएको छ । आफुले उच्च स्तरिय हरर फिल्म बनाउने कोशीश गरेका छौ, मलाई आशा छ फिल्मले दर्शकको राम्रो साथ पाउनेछ – निर्देशक थापाले भन्नुभयो । यस्तै थापाले सुनकेसरीले राम्रो माया पाएको खण्डमा धेरै हरर फिल्म बन्ने तर फिल्म नचलेको खण्डमा फेरी ५–७ बर्ष कसैले हरर फिल्म नबनाउने समेत थापाले दाबी गर्नुभयो । साथै थापाले फिल्म चल्ने नचल्ने भन्ने कुरा दर्शकहरुको मेण्टालिटीमा भर पर्ने पनि बताउनुभयो ।

फिल्म हेरेर मनोरन्जन लिने सोचका साथ हलमा जाने हो भने दर्शकलाई मन पर्छ तर हरर फिल्म भनेको छ हेरौ न मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेण्टालिटीका साथ गएमा मन नपर्न पनि सक्ने थापाको भनाई रहेको छ । थापाले रिक्स मोलेरै यो फिल्म बनाएको बताउनु भयो ।

जेष्ठ ११ गते ठुलो ब्यानरको कुनै पनि फिल्म नरहेको कारण सुनकेसरीलाई सोलो रिलिज जस्तै हुने पक्का छ । चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मको सह– निर्माता हुन भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् । फिल्मको कथा निर्देशक थापाले नै लेख्नुभएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More