सुन काण्ड: धरौटीमा रिहा गर्न माग गर्दै अभियुक्त सर्वोच्चमा

26 April, 2018 21:34 | जन सरोकार | comments | 22050 Views

८८ किलो सुन तस्करीमा संलग्न आरोप लागेका दुई जनाले जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका छन् ।

८८ किलो सुन तस्करीमा प्रत्यक्ष संलग्न भनी प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खे सर्वोच्च पुगेका हुन् ।

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले भदौ १९ गते रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले भित्र्याइएको ८८ किलो सुन बरामद गरेको थियो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट उक्त सुन बरामद भएको थियो ।

तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले कात्तिक १७ गते चार जना चिनियाँ नागरिकसहित ११ जना विरुद्ध संगठित अपराधसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो । अभियुक्तहरु विरुद्ध पाँच वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरु विरुद्ध दुई वटा मुद्दा दायर गरेको थियो। प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष ठानेर मुद्दा दायर गरेको थिएन ।

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका हुन् । उच्च अदालतले उनीहरुलाई सुन तस्करीमा संलग्न रहेको भन्दै थुनामा पठाएपछि उनीहरु त्यस विरुद्ध सर्वोच्च आएका हुन् ।

बुधबार उनीहरुको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा पेशी तोकिएको थियो । उक्त मुद्दा सरकारी पक्षले हटाएपछि सुनुवाइ सरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एनआरएनए एनसिसि फिन्ल्याण्ड

फेसबुक

एनआरएनए एनसिसि फिन्ल्याण्ड

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!