Monday 23, January 2017
नेपाली समय: 02:20:58
जापानी समय: 05:35:58

सुन तस्करलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

11 January, 2017

व्यवस्थापिका–संसद अर्थ समितिले सुन तस्करलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी कारबाही गर्न निर्देशन सरकारलाई दिएको हो ।
अर्थ समितिको बैठकका निर्णय
–त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानविन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानविन समिति गठन गरी त्यसमा देखिएका समस्याह पहिचान गरी दीर्घकालीन रुपमा समस्या समाधान गर्ने संयन्त्र समेत निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने,
-३३ केजी अवैध सुन तस्करीमा संलग्न गिरोह एवम् व्यक्तिहरुको बारेमा तत्काल छानविन गरी त्यस्ता व्यक्तिलाई संगठित अपराध अन्तर्गत कडाभन्दा कडा कारवाही गर्न तथा सोे कार्यमा संलग्न र सहयोग पुर्याउने कर्मचारीहरुलाई प्रचलित ऐन कानुन अनुसार विभागीय र अन्य आवश्यक कारवाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने,
-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने यात्रुको मात्र प्रहरी चेक जाँच हुने र आगमनमा प्रहरीद्वारा कुनैपनि चेकजाँच नहुने भएकोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्याप्त र भरपर्दो चकेजाँचको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने,
-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजश्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि क्षमता अभिवृद्धि गर्न, विमानस्थलमा रहने सरकारी निकायबीच प्रभावकारी समन्वयको व्यवस्था गर्न, सबै निकायको भूमिका स्पष्ट गर्न र आधुनिक चेकजाँच मेसिनसहित विमानस्थलको सुरक्षा प्रणालीलाई सशक्त बनाउदै विमानस्थलको आधुनिकीकरणको काम तीब्र रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिने,
-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने ।

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads