सुपथ मुल्यपसलमा ग्राहहको आकर्षण

13 September, 2017 19:27 | अर्थ | comments | 2850 Views


दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्य सहित विराटनगरमा सुुपथ मुल्य पसल सञ्चालन गरीएपछि ग्राहकको आकर्षण बढेको छ । साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएपछि ग्राहहका भिड बढेको हो ।

चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउँदै आएकाले पनि ग्राहकको रोजाई सुपथ मुल्य पसल बनेको कार्यालयका प्रमुख नवीन चन्द्र झाले जानकारी दिए । विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो रु १८ मा बिक्री वितरण भइरहेको छ ।

बजारमा चिनीको मूल्य प्रतिकिलो रु ८२ तथा नूनको मूल्य रु २५ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ । भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आजसम्ममा रु १४ हजार ४१६ मूल्य बराबरको १८६ किलो चिनी र रु १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहने छ ।

व्यापारीको उपभोक्तामारा निर्णय : दशैंको मुखमा चामलको मूल्य वद्धि

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More