सुरक्षा व्यस्था कडा बनाउन मानवअधिकार अायोगको माग

4 December, 2017 21:29 | जन सरोकार | comments | 94350 Views

दोस्रो चरणको चुनाव नजिकिदै गर्दा देशका विभिन्न ठाउँमा उम्मेदवारहरुलाई लक्षित गरी बम विष्फोट भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गरेको छ ।  आयोगले सोमबार विज्ञप्ति जारी गरी यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भत्र्सना समेत गरेको छ ।

बम आक्रमणका घटनाहरूमा वृद्धि हुँदै जाँदा समेत वास्तविक दोषी पहिचान हुन नसक्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौति खडा भएको भन्दै आयोगले घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र निर्दोष व्यक्तिलाई कुनैपनि आस्थाका आधारमा जथाभावी धरपकड नगर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले प्रकाशित गरेको विज्ञप्तिमा राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने वातावरणको सुनिश्चितता गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय मानव अधिकार आयोगले १४ महिना पछि पुर्णता पायो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More