सेनेगललाई हराएर दोस्रो चरणमा पुग्ने योजनामा जापान

24 June, 2018 15:33 | जापान , विश्वकप २०१८ रसिया | comments | 15450 Views

रसियामा जारी विश्वकप फुटबलमा सहभागी पाँच एसियाली देशमध्ये जापान लगातार दुई खेलमा विजयी रहेर दोस्रो चरणमा पुग्ने पहिलो एसियाली मुलुक बन्ने धुनमा छ ।

एसियाली समूहबाट इरान, एक खेलमा विजयी र एकमा पराजित भएको छ भने दक्षिण कोरिया, साउदी अरेबिया दुई खेलमा पराजित भएर घर फर्कने तयारीमा छन् ।

adsads
एसियाली समूहमा रहेको अस्ट्रेलिया एक खेल बराबरी र एकमा पराजित भएको छ ।

आइतबार विश्वकपमा खेल्ने समूहमध्ये चार फरक महादेशका टिमबीच प्रतिस्पर्धा हुँदैछ र यसमा सबभन्दा महत्वका साथ हेरिएको छ जापान र सेनेगलबीचको खेललाई । पहिलो खेलमा शक्तिशाली कोलम्बियालाई सनसनीपूर्ण पराजय चखाएको जापान उच्च मनोबलका साथ मैदानमा उत्रने छ ।

यही समूहमा अफ्रिकी शक्ति राष्ट्र सेनेगल छ, जो जापानसंगै तीन अंक जोडेर अर्को चरणका लागि प्रतिक्षारत छ । पहिलो खेलमा जित हात पारेका जापान र सेनेगल आइतबार साँझ ८ः४५ बजे भिड्दैछन् । दुबैको लक्ष्य लगातार दोस्रो खेल जित्दै अन्तिम १६ को यात्रा नजिक बनाउनु हुनेछ ।

हुन त जापान र सेनेगलबीचको खेल इतिहास हेर्दा सेनेगल अहिलेसम्म पराजित भएको छैन तर, खेलमा केही भन्न सकिन्न । सेनेगलले अहिलेसम्म जापानसंग खेलेका तीनवटा मैत्रीपूर्ण खेलमा हार बेहोरेको छैन ।

जापानले सेनेगललाई पराजित गरे विश्वकपको समूह चरणमा सुरुको लगातार दुई खेल जित्ने पहिलो एसियाली राष्ट्र बन्नेछ । यसअघि सन् २००२ दक्षिण कोरियासँग संयुक्त रुपमा बयोजना गरेको विश्वकपमा मात्र जापानले लगातार दुई खेल जितेको थियो । जसमा जापानले समूहको दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो ।

उता सेनेगलले विश्वकपमा खेल्न लागेको जापान पहिलो एसियाली प्रतिद्वन्दी हो। सेनेगलले विश्वकपमा खेलेका अहिलेसम्का ६ मध्ये ३ खेल जितेको छ र यो अफ्रिकन देशहरुमा सबैभन्दा राम्रो नतिजा हो ।

यसो भन्दैमा विश्वकपलाई त्यसैसंग तुलना गर्न गाह्रो होला । तर सेनेगल कमजोर टोली भने हैन । त्यसैले त जापानका मिडफिल्डर केसुके होन्डाले सेनेगललाईआइतबार ‘मूर्ख’ बनाउने विश्वास व्यक्त गरेका छन् ।

होण्डाले भनेका छन्, ‘उनीहरुको सबल पक्ष हामीलाई थाहा छ । तर, हामी उनीहरुको कमजोरी उदाङ्गो पार्न चाहन्छौ । मलाई लाग्छ, यदि हामी चनाखो हुन सक्यौं भने उनीहरुलाई मुर्ख बनाउन सक्छौं । हामीले उनीहरुको गोलकिपरलाई लक्षित गर्नुपर्छ ।’

विश्वकपमा जापानको विजयी सुरुवात : कोलम्बिया २-१ ले पराजित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More