सोधनान्तर घाटा अझै पौने ७ अर्ब

13 February, 2018 19:38 | अर्थ | comments | 11850 Views

आयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र लगातार दोस्रो महिना घाटामा गएको छ । चालू आर्थिक वर्षको ६ महिनामा नेपालको शोधनान्तर ६ अर्ब ६६ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो गत मंसिरमा मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक थियो।

व्यापारघाटा उच्च रूपमा बढ्नु तथा रेमिट्यान्स आय घट्नुले मुलुकको शोधनान्तर स्थिति घाटामा गएको हो । समीक्षा अवधिमा मुलुकको व्यापारघाटा १५.१ प्रतिशतले बढेको छ भने रेमिट्यान्स आय ०.५ प्रतिशतले घटेको छ । आयात १५ प्रतिशतले बढ्दा निर्यात वृद्धिदर १३.४ प्रतिशत मात्रै रहेको छ । पर्यटन आय वृद्धिदर २.९ प्रतिशतले ऋणात्मक देखिएको छ । बाह्य क्षेत्रका अधिकांश सूचांक नकारात्मक देखिएका कारण मुलुक घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७५ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आई चालू खाता घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।

सन्दर्भ शहीद सप्ताह : मापदण्ड नहुँदा आठ महिनामा दुई सय ६६ जना शहीद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More