सेयर बजार सेयर बजार

  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार

सोमबार दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

23 April, 2018 20:40 | अर्थ | comments | 27900 Views

सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएको हो । स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

सोमबार बैंकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत् ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ बिन्दुले ओरालो लागेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सेयर बजार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!