प्रचण्ड प्रचण्ड

  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड

सोमबार सबै मन्त्रीको शपथ हुने : अध्यक्ष दाहाल

24 February, 2018 18:45 | राजनीति | comments | 82500 Views

प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि(आइतबार) मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज(शनिबार) चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।

adsads
मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उहाँले बताउनुभयो ।

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताउनुभयो । सो अवसरमा फरक प्रशंगमा बोल्दै उहाँले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।”

दाहालले थप्नुभयो “यो हेक्का राख्नुपर्ने कुरा छ । अहिलेनै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन् ।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

आइतबार सरकार विस्तार हुन्छ : अध्यक्ष दाहाल

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More