सौतेली छोरीको बिषयमा सैफअली र करिनाबीच झगडा

17 February, 2017 18:07 | कला/मनोरन्जन , वलिउड | comments | 2 Views

सैफअली खानकी छोरी साराको करिअरको विषय अहिले चर्चामा छ ।साराको फिल्म डेव्यू र करिअरलाई लिएर सैफअली खान र उनकी पत्नी करिना कपुर खानबीच विवाद भएको छ । सारा अली खानको फिल्म डेब्यूलाई लिएरनै उनीहरु बीच विवाद भएको हो ।

karina-xori

करिना करण जौहरको फिल्मबाटै साराको डेव्यू होस् भन्ने चाहन्छिन । किनकी उनले जौहरकै व्यानरबाट डेव्यू गरेकी आलियालाई उनले सम्भार गरिरहेको देखेकी छन् ।

यति मात्रै नभई फिल्म इन्डस्ट्रीका बाँकी निर्देशक र निर्माताको फिल्म पनि करण आलियालाई नै दिने गर्छन् । यसै कारण करिना साराको करिअरका लागि करणको साथ जरुरी रहेको बताउँछिन् ।

तर, यो कुरालाई सैफ मान्न तयार छैनन् । छोरी साराको करियरमा करणको हस्तक्षेप उनी चाहँदैनन् । सैफका अनुसार आलियालाई फिल्ममा लन्च गरेपछि आलियाको करियरमा करणको हस्तक्षेप ज्यादै बढेको छ । त्यसैले उनी यस्तो नभएको हेर्न चाहन्छन् ।

सैफ चाहन्छन् कि सारा स्वतन्त्रताका साथ आफ्नो करियर बनाउस् । यसै कारण उनीहरुबीच कुरा नमिल्दा विवाद सुरु भएको छ । अहिलेसम्म उनी कुन फिल्म र कुन व्यानरबाट डेव्यू गर्छिन् भन्ने अन्यौल छ ।

सैफ र करीनाकी छोरी सारा र श्रीदेवीकी छोरी जाह्नवीको डेब्यूको कुरा एकै साथ चलिरहेको छ । तर, यस तानातानीकाबीच साराको डेब्यू अन्यौलमा छ भने जाह्नवी करण जौहरको व्यानरमा डेब्यू गर्ने तयारीमा छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More