सौराहामा खाना महोत्सव सम्पन्न सौराहामा खाना महोत्सव सम्पन्न

  • सौराहामा खाना महोत्सव सम्पन्न
  • सौराहामा खाना महोत्सव सम्पन्न

सौराहामा फुड फेस्टिबल सम्पन्न

16 February, 2017 13:59 | कर्पोरेट/पर्यटन | comments | 7800 Views

सौराहामा खाना महोत्सव सम्पन्न

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो ।

यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । करिब रु ५० लाखको कारोबार भएको अनुमान छ ।

प्रेम दिवसका दिन मङ्गलबार सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले जानकारी दिनुभयो । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरिएको थियो ।

आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारू समुदायको परिकारमा दर्शक लोभिएका थिए भने दैनिक रुपमा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।

राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पँगेनी, प्रजापति पराजुली लगायतले प्रस्तुति दिएका थिए । यो समयमा पर्यटकको मौसम नभएकाले आएका पर्यटकको बसाइ लम्ब्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको क्षेत्रीय रेवानका महासचिव दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

महोत्सव अवधिभरमा रेस्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुट सुविधा दिइएको जनाइएको छ । महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेलमैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाइएको छ ।

सौराहा गएका पर्यटक यसो भन्छन हेर्नुस भिडियो-

माघ २९ देखि सौराहामा फुड फेस्टिबल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More