सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता

7 September, 2017 10:22 | मुख्य समाचार , स्थानीय तह निर्वाचन | comments | 12300 Views

प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि पर्सामा सौहार्दपूर्ण वातावरणमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

एक महानगर, तीन नगर र दश गाउँपालिकाकाको विभिन्न ४७६ पदका लागि राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारले तोकिएको स्थानमा पुगी मनोनयन दर्ता गराउने क्रम राति ८ बजेसम्म चलेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

२ नं प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा क्रमशः नेपाली काँग्रेसका तर्फबाट अजयकुमार द्विवेदी र शान्ति कार्की, नेकपा (एमाले)का तर्फबाट बसरुद्दिन अन्सारी र सोफिया आचार्य तथा नेकपा (माओवादी केन्द्र) का तर्फबाट रहबर अन्सारी र दुर्गा क्षेत्रीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी र पिन्कीदेवी यादव, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेशमान सिंह र रम्भा मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव र रिंकु यादवले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँले मनोनयन दर्ता जारी नै रहेका कारण उम्मेदवारी दिनेको संख्या हाल एकिन हुन नसकेको बताउनुभयो ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More