स्कूले बालबालिकाको सुरक्षामा नयाँ प्याकेज

24 June, 2018 18:56 | जापान | comments | 15450 Views

जापान सरकारले बालबालिकाहरुको घर र विद्यालय जाने समयमा उनीहरुको सुरक्षाका लागि नयाँ उपाय अपनाउन लागेको छ ।

गत महिना नीगता शहरमा प्राथमिक स्कूल अध्ययन गर्ने एक बालिकाको हत्या भएपछि स्कूलबाट घर र घरबाट स्कूल जाने समयमा बालबालिकाको सुरक्षाका लागि उपाय अपनाउन लागिएको हो ।

adsads

हालै मन्त्रिपरिषद् बैठकपछि तय गरिएको प्याकेजमा सुरक्षाका लागि आकस्मिक निरीक्षण गरिनेछ । यसले देशभरका प्राथमिक विद्यालयका बालबालिकाहरूको स्कूल मार्गहरूमा कुनै पनि सन्देहमुलक स्थानहरु पत्ता लगाउन सकिन्छ ।

त्यस्तै मानिसहरुको गतिविधि कम हुने स्थानहरुमा रहेका स्कूले बालबालिकाको सुरक्षा चासोलाई बढी ध्यान दिने भएको छ । प्याकेजमा विद्यालय जाने मार्गहरुको आकस्मिक निरीक्षण गरी अपराधीहरु भाग्नसक्ने सम्भावित स्थानहरुको समेत खोजी गर्नेछ ।

यसरी निरीक्षणपछि खतरा पैदा हुनसक्ने भनेर पुष्टि भएका क्षेत्रहरुमा स्वयंसेवकहरूको थप प्रभावकारी परिचालनका साथै प्रहरीले समेत गहन गस्ती गर्नेछ । त्यस्तै आवश्यक परेको खण्डमा सरकारले सुरक्षा क्यामेराको जडान समेत गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More