Sunday 30, April 2017
नेपाली समय: 07:12:34
जापानी समय: 10:27:34

स्ट्यान्डर्ड चार्टडको एफपिओमा ओइरीए लगानिकर्ता

15 March, 2017

stan

मंगलबारबाट निष्कासन सुुरु गरीएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानिकर्ताको ठलो उत्साह देखिएको छ । एफपिओमा पहिलो दिननै एक अर्ब चार करोड रुपैया बराबरको आवेदन परेको छ ।

करिव दश हजार आवेदन मार्फत उक्त रकम बराबरको आवेदन परेको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रिजेश घिमिरेले जानकारी दिए । बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्कासन गरेको हो । बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्कासन गरेको छ ।

कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्छ। बैंकको एफपिओमा ४ चैत सम्म आवेदन दिन सकिने घिमिरेले बताए । बैंकको शेयर आफ्नो खाता रहेको बैंकबाट आस्वा प्रणाली र पुरानै शैलीमा आवेदन दिन सकिने घिमिरेले जनाएका छन् । ईक्रा नेपालको रेटिंङमा बैंकले टु प्लस पाएको छ । यस्तो रेटिंङले बैंकको शेयर औसतभन्दा राम्रो देखाएको छ ।

नेपाल लाइफको एफपिओ बांडफांड सुरु

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo