Saturday 25, March 2017
नेपाली समय: 09:33:15
जापानी समय: 12:48:15

स्थानीय निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ : शर्मा

12 February, 2017

janardanऊर्जामन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताउनुभएको छ ।  गोकुलेश्वरमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री शर्माले सरकार स्थानीय तहको निर्वाचन गरी संविधान कार्यान्वयनमा दृढ रहेको बताउनुभयो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको रु ८५ लाखको लागतमा क्याम्पसको भवन निर्माण गरिएको हो । यस्तै मन्त्री शर्मालाई माओवादी केन्द्र दार्चुला, गोकुलेश्वर क्याम्पस, गोकुलेश्वरका स्थानीय बासिन्दाका तर्फबाट ज्ञापनपत्रसमेत बुझाइएको छ ।

यसैबीच ऊर्जा मन्त्री शर्माले चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिनुभएको छ । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निरीक्षणका लागि पुगेका मन्त्री शर्माले चमेलिया जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले छिटो सक्नुपर्ने बताउनुभएको हो ।

ऊर्जा सङ्कट समाधानमा चमेलियाको ठूलो योगदान रहनेछ उहाँले भन्नुभयो–“सरकार अहिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने कार्यमा केन्द्रित रहेको छ ।”

चमेलिया जलविद्युत् आयोजनाको खुम्चिएको भनिएको सुरुङको पनि निरीक्षण गरेको चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय दाहालले बताउनुभयो ।

यस्तै चमेलियाको निरीक्षणका लागि मन्त्री शर्मासँगै बलाँच पुगेका ऊर्जा सचिव अनुपकुमार उपाध्यायले आयोजना निर्माणमा केही समस्या भए त्यसको समाधानका लागि मन्त्रालय तयार रहेको र जसरी पनि आयोजना सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

सन् २००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनालाई सन् २०११ सम्म सक्ने लक्ष्य लिएको भए पनि अझैसम्म पूरा हुन सकेको छैन । आयोजनाको लागत पनि दोब्बरले वृद्धि भएको आयोजना प्रमुख दाहालले बताउनुभयो । सन् २०१७ को डिसेम्बरमा चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न हुने उहाँले दाबी गर्नुभयो ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo