Monday 23, January 2017
नेपाली समय: 02:20:02
जापानी समय: 05:35:02

स्पेनका लागि पर्यटन दूतमा गिरी नियुक्त

4 January, 2017

स्पेनमा बसेर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका एकराज गिरी नेपाल पर्यटन  पर्यटन दूतमा नियुक्त भएका छन् । राजधानी म्याड्रिड क्षेत्र लगायत समग्र स्पेनबाट नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि भन्दै गिरीलाई पर्यटन दूतमा नियुक्त गरेको हो । गिरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा राष्ट्रिय समन्वय परिषद स्पेनका पूर्व अध्यक्ष समेत हुन् ।

नेपाल पर्यटन बोर्डले सोमबार पत्र जारी गर्दै आगामी दुई बर्षका लागि गिरीलाई पर्यटन दूतमा नियुक्त गरेको हो । यस अघि बार्सिलोना क्षेत्रबाट दिपक खरेल गत बर्ष नै दूतमा नियुक्त भएका थिए। बर्षेनी १३ हजार भन्दा बढि पर्यटकहरु नेपाल पुग्ने स्पेनका लागि बोर्डले यो सँगै दुई जनालाई दूतमा नियुक्त गरेको छ ।

हालै बसाई सरेर स्पेनको राजधानी म्याड्रिड पुगेका गिरीले नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि नयाँ जिम्मेबारी पाएको बताएका छन् । गिरीले भने, स्पेनबाट नेपालको पर्यटन विकासमा अझ थप प्रभावकारी कार्यक्रमहरु हुन सकोस् भन्ने अपेक्षा बोर्डले राखेको छ । त्यसैले अझ बढि स्पेनिस पर्यटकहरुलाई नेपाल भित्रने बाताबरणका लागि हामी एनआरएन, संघ-संस्था तथा कन्सुलर कार्यालयसँग मिलेर काम गर्ने छौ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads