स्पेनकी मुगुरुजालाई पहिलोपटक विम्बल्डन टेनिस उपाधि

16 July, 2017 19:54 | खेल | comments | 10350 Views

स्पेनकी गार्विन मुगुरुजाले लण्डनमा जारी विम्बल्डन टेनिसको महिला एकल तर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा दशौ वरियताकी अमेरिकी खेलाडी भेनस विलियम्सलाई सोझो सेटमा पराजित गर्दै मुगुरुजाले उपाधि जितेकी हुन् । 

लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनलमा १४ औं वरियाताकी मुगुरुजाले ३७ बर्षिया भेनसमाथी पहिलो सेटमा ७–५ र दोस्रो सेट ६–० ले जित्दै वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको उपाधि हात पारिन् । २३ बर्षिय मुगुरुजाको यो पहिलो विम्बल्डन टेनिसको उपाधि हो । यस्तै उनको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । पहिलो ग्राण्डस्लाम उपाधिको रुपमा मुगुरुजाले गत बर्ष फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रतियोगिताको सेमिफाइनलमा मुगुरुजाले स्लोभाकियाकी माग्डालिना रिबारिकोभालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् भने भेनसले बेलायती योहाना कोन्टालाई पराजित गरेकी थिइन्  ।

विम्बल्डन अन्तर्गत पुरुष एकल तर्फको उपाधिका लागि भने तेस्रो वरियाताका स्विस रोजर फेडेरर र छैठौं वरियाताका क्रोएसियन मारिन शिलीचबीच प्रतिस्पर्धा हुनेछ ।

टेनिस स्‍टार नोभाक जोकोभिज र दिपिका पादुकोणबीच अफेयर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More