स्ववियुको औचित्य र नेतृत्व विकास

5 March, 2017 14:50 | बिचार | comments | 10200 Views

– ध्रुब खड्का

dhurba-khadkaविश्वविद्यालयजस्तो नितान्त स्वतन्त्र, सभ्य र उच्च प्राज्ञिक संथामा विभिन्न राजनीतिक दलनिकट बिद्यार्थी संगठनहरुले गर्ने तोडफोड, आगजनी, गुन्डागर्दी जस्ता अराजक, अमर्यादित क्रियाकलापले शैक्षिक वातावरण दुषित परेको त छ नै विश्वविद्यालयको गरिमालाई झनै गिराएको छ ।

धेरैजसो क्याम्पसहरुमा निर्वाचन ताका यति अराजकत़ा यति बढछ कि स्वयविद्यार्थीहरुनै असुरक्षित हुन्छन । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको झोकमा होस्टेलमा मापसे गरिराती आएर पढिरहेका विद्यार्थीलाई कुटपिट गरी आतंकित बनाएको, जबर्जस्ती अमुक पार्टीको झन्डा बोकाएको, आगजनी गरेको, गैरशैक्षिक मागमा क्याम्पस बन्द गराएको तितो अनुभबसंग पंक्तिकार स्वयंम साक्षात्कार छ ।

पछिल्लो स्ववियुको निर्वाचनको पूर्वसन्ध्यामा पनि विभिन्न अंगिक क्याम्पसमा दल निकट विद्यार्थी संगठनहरूले यो र त्यो बहानामा स्वार्थ केन्द्रित गैरशैक्षिक मागको नाममा गरेका तालाबन्दी, तोडफोड़, आगजानी जस्ता अराजक गतिविधि गरेको देख्दा लाग्छ स्ववियुको निरन्तरताले विश्वविद्यालय अध्यान अनुसन्धान हबभन्दा पनि राजनीतिक अराजकता, गुन्डागर्दीको नर्सरी बनिरहेको जस्तो देखिन्छ । देशको शैक्षिक तथा राजनीतिक दुवै क्षेत्रको लागि प्रतिउत्पादक हुने यस्ता गतिबिधिको मुख्य कारक स्ववियुको औचित्य छैन भन्ने मतलाई पुष्टि गरेको छ ।

विश्वविद्यालयको स्ववियुले अब खेल्नुपर्ने भूमिका बारेमा वर्तमान तथा भूतपूर्व विद्यार्थी नेताहरु वकालत गरे पनि स्ववियुको औचित्यको बारेमा उनीहरुका तर्कहरुसग सहमत हुने आधार छैन । अहिलेका विद्यार्थी नेताहरु आफुलाई अरु भन्दा अब्बल देखाउने रचनात्मक कार्य गर्ने भन्दा पनि गैरशैक्षिक क्रियाकलाप गर्न उद्दत देखिनु कुनै कोणबाट पनि विश्वविद्यालयको विकासमा होस्टे गर्दैन । स्ववियु निर्वाचनको प्रचारमा नेताहरुको बहस सुन्दा लाग्छ यिनीहरु राजनीतिक दलको भाषा बोलिरहेका छन । हाम्रो संगठनले स्ववियु निर्वाचन जित्यो भने विश्वविद्यालयको गुणस्तर सुधार्छौ, शैक्षिक वातावरण राम्रो बनाउछौ, दक्ष जनशक्ति निर्माणमा पहल गर्छौ, रोजगारीको ग्यारेन्टी गर्छौ भन्नु जस्तो पारदर्शी झुटको फुलिंदा अर्को हुन सक्दैन किन कि यी कुराहरु विश्वविद्यालयको कुशल नेतृत्व, समय सापेक्ष शैक्षिक नीति, दक्ष प्राध्यापक र प्रतिस्पर्धी प्राज्ञिक वातावरणको मुख्य भूमिका हुन्छ न कि विश्वविद्यालयमा पढ्दै गरेका वा पटके भर्ना गर्दै पालो कुरिरहेका राजनीतिक दलआबद्द झोले विद्यार्थीहरुको संगठनको ।

एक चर्चित बिधार्थी नेताले स्ववियुको सन्दर्भमा एक क्याम्पसको प्रांगण राखेको विचार सुन्दा लाग्छ यो स्ववियु निर्वाचन नभएर शैक्षिक संथामा हुने पार्टीगत निर्वाचन जस्तो हुन गइरहेको छ, उनि जस्तो युवापुस्ताका कपाल फुलिसकेका नेताले स्ववियुलाई अझै पनि लोकतान्त्रिक अभ्याससग जोडेर पार्टीको मुखपत्र बक्ने विंगको रुपमा देखिरहेका छन शैक्षिक संथालाई राजनीतिक गतिबिधिबाट टाढा राख्ने एजेन्डा अझै बनि सकिको छैन । अर्का भूपू विद्यार्थी नेताको तर्क छ स्ववियुको भूमिका विश्वविद्यालयको मर्यादा कायम गर्न, विद्यार्थीको सृजनात्मकर रचनात्मक बिकास गर्न हुनुपर्छ । बिद्यार्थी नेताहरुले आफ्नो राजनीतिक अभिष्टलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई राजनीति गर्ने अखडा बनाउन फगत तर्क गरिरहेका छन, उनीहरुको गैर(शैक्षिक गतिबिधिले गर्दा राजनीतिले आक्रान्त विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित भएको, प्राज्ञिक गतिविधि प्रभावकारी नभएको यथार्थतालाई देखावटी मनन गरे पनि त्यस्ता गतिविधि बन्द गर्न खासै तदारुकता देखाउदैनन् ।

पंक्तिकारको बुझाइमा स्ववियु विश्वविद्यालयको मर्यादा, सृजनात्मक र रचनात्मक विकासको लागि चाहिन्छ भन्नु झुशिलाकिराले पुतलीलाई उड्न सिकाउँछु भन्नु जस्तै हो । विश्वविद्यालयको मर्यादा कायम गर्नु भनेको विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउनु हो । त्यसको लागि समय सापेक्ष पाठ्यक्रम, नविनतम ज्ञानकेन्द्रित उच्च अध्यान, अनुसन्धान र स्वच्छ प्राज्ञिक वातावरणको अपरिहार्य छ यहि सोचोबाट नै उत्पादन हुने हुन राष्ट र समाजका लागि आवश्यक योग्य तथा प्रतिस्पर्धी जनशक्तिहरु । जसका लागि विश्वविद्यालयमा राजनीतिक आस्थाको आवरणमा गरिने असक्षम दलीय नियुक्ति रोक्नु र अराजक तथा गैरप्राज्ञिक क्रियाकलापलाई निषेध गर्नु मुख्य सर्त हुन यसका लागि उच्च राजनैतिक प्रतिबद्धता तथा ठोस कार्यान्वयन अपरिहार्य छ ।

यदाकदा स्ववियु निर्वाचनलाई लोकतान्त्रिक अभ्यास, युवा नेतृत्वको विकास र विद्यार्थीको हितसग जोडेर यसको औचित्य भएको तर्क पनि गरिन्छ तर अहिलेको बदलिएको समयमा यसलाई फरक ढंगले लैजान जरुरी छ । विश्वविश्वविद्यालयमा स्ववियु निर्वाचनको नाममा गरिने लोकतान्त्रिक अभ्यासले राजनीतिक हस्तक्षेपलाई संथागत गरेको छ जस्तो कि निर्वाचन सहजताका लागी विश्वविद्यालयका पदाधिकारी, क्याम्पस प्रमुख, संकाय प्रमुखसम्म आफ्नो विचार निकट ल्याउन खोज्ने अनि आफ्नो विचारसग नमिल्ने भए विभिन्न बहाना निकालेर अबरोध तथा असहयोग गर्ने परिपाटी जस्तै छ । जसले गर्दा विश्वविद्यालय राजनीतिक खिचातानीको चपेटामा परेको प्रष्ट भोग्दै आएको छौ । अहिलेको राष्टिय राजनीति केन्द्रमा विद्यार्थी राजनीतिको पृष्ठभुमिबाट आएकाहरुको वर्चर्स्व भएकाले पनि हुन सक्छ, राजनीतिमा आउन चाहने युवावर्गले विद्यार्थी राजनीतिमा स्थापित हुन जोडबल गरिरहेका छन् ।

अब यो परिपाटीलाई विस्थापित गर्न जरुरी छ । अहिलेको व्यावस्थामा संघिय इकाई, स्थानीय निकायलाई लोकतान्त्रिक अभ्यास तथा राजनीतिमा स्थापित हुनखोज्ने युवाहरुको राजनीतिक उचाइको प्रस्थान बिन्दु बनाउन सकेमा देशको राजनीतिले नयाँ बाटो तय गर्ने थियोयतातिर नयाँ वा पुराना राजनीतिक दलहरुलाई सोच्ने फुर्सद छैन या चाहदैनन् किनकि बिद्यार्थीहरुलाई आफुले चाहेको बेलामा प्रयोग गर्ने शक्तिशाली संचिंत शक्तिको रुपमा उपयोग गरिरहेका छन । अबका दिनमा विश्वविद्यालयमा राजनीति गर्ने विद्यार्थी नेताभन्दा संघीय इकाई तथा स्थानीय निकाय वा गाउँपलिका, नगरपालिका, महानगरपालिका प्रमुख, पदाधिकारी, उद्यम, ब्यबसाय, सेवामुलक क्षेत्रमा सफल तथा शैक्षिक एवं गैरशैक्षिक क्षेत्रमा स्थापित युवा जमातलाई हौसला बढाउने, राष्ट्रिय संचार माध्याममा प्रमुख स्थान दिने, दलको नेतृत्वमा त्यस्ता व्याक्तिहरुले मात्र स्थान पाउने माहोल बन्नुपर्छ । सदरमुकाम तथा राजधानी केन्द्रित विश्वविद्यालयमा १५, २० वर्ष हल्लिएर, आन्दोलनमा ढुंगा मुडा गर्दै नेताको पछिलागेर राजनीति गर्ने अनि नेतृत्वमा पुग्ने परमपरागत तरिका नफेरिएसम्म विश्वविद्यालयमा हुने फोहोरी राजनीति समाप्त हुने छैन । विश्वविद्यालयलाई साँच्चिकै मर्यादित र स्वच्छ प्राज्ञिक वातावरण बनाउन विकल्पहरुको बारेमा गम्भीर भएर सोच्न जरुरी भैसकेको छ ।

विद्यार्थीहक हितको आवाज उठाउने नाममा विश्वविद्यालयमा राजनीतिक उपस्थिति देखाउने कार्यले यसलाई साझा शैक्षिक थलोभन्दा पनि दलीय पौठाजोरी खेल्ने विभाजित थलो बन्दै गएको भान हुन्छ । सरकारी विश्वविद्यालयको यो रोग अहिले निजी विश्वविद्यालयमा पनि हाबी हुदै गएको छ ।

जहाँसम्म युवाको विश्वविद्यालयमा नेतृत्व बिकासको कुरा छ अब यसलाई फरक तरिकाले मूल्यांकन गर्नुपर्ने बेला आएको छ । विश्वविद्यालय नविनतम ज्ञान बिज्ञानका कुरा सिक्ने, सिकाउने, खोज तथा अनुसन्धान गर्ने फोरम हो, यहाँ विद्यार्थीहरुले क्षमता र व्यक्तित्व विकास गर्ने, विषयगत दक्षता, विशिष्ठता हासिल गर्ने प्रमुख उद्देश्य लिएर आउछन जुन औसत २०, ३० वर्षको उमेर सम्ममा पुरा हुन्छ । आफ्नो रुचिका बिषय र क्षेत्रमा आफूलाई काबिल बनाउनु नै विश्वविद्यालयमा आएका युवाहरुको पहिलो प्रथामिकता हुनुपर्छ ।

हो, राजनीतिमा रुची हुने आफ्नो सहभागिता देखाउन पाउछन त्यसका लागि अन्य पार्टीका विभिन्न फोरमहरुमा आबद्ध हुनु उनीहरुको नैसर्गिक अधिकार हो । तर, विश्वविद्यालयको स्वायत्ता, स्वच्छ प्राज्ञिक गरिमा अक्षुण राख्दै प्रतिस्पर्धी बनाउनुको लागि शिक्षलायको प्रांगणमा दलीय राजनीतिक गतिविधिलाई निषेध गर्नु नै श्रेयकर देखिन्छ । अबको पुस्ताले विश्वविद्यालयमा हासिल गरेको दक्षता र विशिष्ठतालाई प्रयोग गरेर समाज, राष्ट्र र मानब कल्याणको लागि उसको गतिशील अभियानबाट आफ्नो नेतृत्वको सफल पहिचान दिन सक्नुपर्छ । अर्को शब्दमा भन्नुपर्दा अब त्यो मात्र नेता बन्ने वातावरण बन्नुपर्छ जो दक्ष होस्, आफ्नो कार्य क्षेत्रमा सफल होस्, सुम्पिएको जिम्मेवारीमा आफू र समूहलार्ई सफलताको राजमार्गमा हिडाएको काबिल व्याक्ति होस् । नकी अहिलेको जस्तो अराजकराजनीतिबाट दिक्षित भएको जसले राजनीतिलाई कमाइ खाने भाडो मात्र बनाएको छ ।

युवा पुस्ताले राजनीतिलाई सामाजसेवाको अभियानको रूपमामात्र लिएर अघि बढ्ने अठोट गर्नु जरुरि छ त्यो अभियान विश्वविद्यालयबाट होइन सामाजसग प्रतक्ष्य जोडिएका लोकतान्त्रिक इकाइहरुबाट शुरु गर्ने पद्दति बसाल्न सके राजिनितिले गिजोलेको शैक्षिक क्षेत्रले समय सापेक्ष अपेक्षित फड्को मार्ने थियो अनि ठूलो संख्यामा सक्षम युवाहरुले प्रत्यक्ष राजनीति मार्फत अहिलेभन्दा चाडै देशको विकासमा योगदान गर्न अवसर पाउने थिए ।

यसतर्फ सबै राजनीतिक दलहरुले गम्भिर भएर सोच्ने बेला आएको छ । अ त विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट दलको राष्टिय राजनीतिमा आफुलाई स्थापित गराउन चाहने युवा जमातलाई संघिय, स्थानीयतहको इकाईको राजनीति मार्फत अभ्यस्त गराउन सके दलीय राजनीतिका नर्सरी उत्पादन जनतासग प्रतक्ष्य जोडिएर जिम्मेवार, परिपक्क भएर आउने मात्र होइन विश्वविद्यालयलाई दलीय राजनीतिका पन्जाबाट छुटकारा दिलाउन सकिन्छ जुन राजनीतिको डिस्कोर्स र विश्वविद्यालयको प्राज्ञिक विकासमा नयाँ आयाम हुन सक्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More