स्वामी आमेले दिए बिग बोसको घरमा आगो लगाउने धम्की

11 January, 2017 18:51 | कला/मनोरन्जन , वलिउड | comments | 3150 Views

‘बिग बोस सिजन १०’ का प्रतियोगी स्वामी ओम बिग बोसको घरबाट बेघर भएको केही दिन बितिसकेको छ । तर उनले घर भित्र हुँदामात्रै हैन बाहिर गएपछि पनि हंगामा मच्चाएका छन् ।

swami-om-salman-khan_640x480_41481368745

आफूलाई बिग बोस र सलमानले फोन गरेर कमब्याक गर्न आग्रह गरेको भन्दै उनले सलमान र बिग बोसले मिडियाका अगाडि आफ्नो खुट्टामा नाक नरगडेसम्म कमब्याक नगर्ने अडान लिएका छन् ।

एजेन्सीसँग कुराकानी गर्दै उनले यदि बिग बोस र सलमानले यसो गरेर आफूलाई बोलाएनन् भने बिग बोसका सबैलाई अपहरण गर्ने र बिग बोसको घरमा आगो लगाउने धम्की समेत दिएका छन् । बिग बोसका प्रतियोगीलाई अपहरण गर्दा र घरमा आगो लगाउँदा भारत सरकाले फाँसी र जेल सजाय जे दिएपनि भोग्न तयार भएको ओमले बताए ।

आफू बिग बोसमा हुँदा कार्यक्रमको टी आर पी राम्रो भएको र आफू निस्कनासाथ टि आर पी घटेको उनको भनाई छ । बिगत १० बर्ष यता सबैभन्दा राम्रो टी आर पी यसैबर्ष भएको दाबी गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More