हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको नयाँ शोरुम टाँडी र निजगढमा शुभारम्भ

9 July, 2017 16:55 | कर्पोरेट/पर्यटन | comments | 14850 Views

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम निशास मोटर्स, बकुल्लर–८, टाँडी र नित्यम ट्रेडर्स निजगढ बारामा संचालनमा ल्याएको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । यसैको माध्यमबाट हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भन्नुभयो, ‘हामी टाँडी र निजगढमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टाँडी र निजगढमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्धछौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More