हङकङसँगको खेलमा शरद भेषवाकर परेनन्

12 October, 2017 21:51 | खेल | comments | 24900 Views

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् ।

हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए । उनका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो । अंक तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् । जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको आठ तथा हङकङको ११ अंक छन् ।

यो पनि पढ्नुहोस्

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि खेलाडी छनोट

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More