हत्या गरिएका ओकिनावा वासीका आफन्तले अमेरिकासंग क्षतिपुर्ति माग

20 February, 2018 16:00 | जापान | comments | 54000 Views


ओकिनावास्थित अमेरिकी सैन्य शिविरका पुर्व कामदारले आफ्नो परिवारको एक महिला सदस्यको हत्या गरेको भन्दै अमेरिकी सरकारसंग क्षतिपुर्तिको माग गरेको उनका वकिलले सोमबार बताएका छन् ।

३४ वर्षिय केनेथ फ्रांकलिन शिन्जातोमाथी २०१६ मा २० वर्षिय महिलाको हत्याको आरोप रहेको छ ।

adsads
जनवरी ३१ म भएको सुनुवाइमा उनले अदालतले आदेश दिएको क्षतिपुर्तिमा दिन भने मानेनन् । क्षतिपुर्तिको रकम भने सार्वजनिक गरिएको छैन । तर प्रतिवादीका अनुसार शिन्जातो उक्त रकम तिर्न असमर्थ भएको भन्दै जापान र अमेरिकाको सैन्य सम्झौता अनुसार परिवारले अमेरिकी सरकारसंग क्षतिपुर्ति माग गर्न लागेका वकिलले बताएका छन् ।

२०१६ अप्रिल २८ मा ओकिनावाकी एक महिलाको वलात्कार गर्न खोज्दा उनलाइ टाउकोमा हिर्काएको र घाँटीमा चक्कु प्रहार गरेपछि उक्त महिलाको मृत्यु भएपछि डिसेम्बरमा जिल्ला अदालतले शिन्जातोलाइ जन्म कैदको सजाय सुनाएको थियो । उक्त घटनापछि ओकिनावाबाट अमेरिकी शिविर हटाउनका लागि आवाज उठ्दै आएको छ ।

अमेरिकी सैन्य शिविर पुर्नस्थापना गर्ने जापान सरकारको निर्णय, स्थानियवासी आन्दोलित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More