हवाइजहाजमा बायोफ्युल प्रयोगको विरोध

11 October, 2017 18:02 | वातावरण /स्वास्थ्य | comments | 45300 Views

वातावरण तथा गरिबी निवारणको लागि कार्यरत करिब १०० गैर सरकारी संस्थाहरुले मंगलबार एक पत्रमार्फत व्यापारिक प्रयोजनका हवाइजहाँजहरुमा बायोफ्युलको प्रयोगको लागि संयुक्त राष्ट्रसंघको प्रस्तावको विरोध गरेका छन् ।

बायोफ्युल जल्दा त्यसबाट वनफँडानी , उच्च कार्वन डाइअक्साइड उत्सर्जन तथा आदीवासीहरु आफ्नो बासस्थान छोड्न बाध्य हुने भन्दै आलोचना भएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था ( आइसिएओ ) ले २०४० सम्ममा जेट इन्जिनमा १२८ मिलियन टन बायोफ्युलको प्रयोग हुने र यो आँकडा बढेर २०५० सम्ममा २८५ मिलियन टनसम्म पुर्याउने योजना रहेको छ । हाल विश्वभरमा सम्पूर्ण प्रकारका सवारी साधनमा हरेक साल ८२ मिलियन टन बायोफ्युलको प्रयोग हुने गरेको छ ।

यसका कारण हामी आइसिएओका सदस्य राष्ट्रहरुलाई हवाइजहाजमा बायोफ्युल प्रयोगको प्रोत्साहनको विरोध गर्न आह्वान गर्दछौ , एन्जिओहरुले पत्रमा उल्लेख गरेका छन् । अक्टोबर ११ मा मेक्सिको सिटीमा हुने उड्डयन तथा वैकल्पिक उर्जा सम्बन्धि तीनदिने बैठकमा आइसिएओको प्रस्तावको विषयमा छलफल हुने भएको छ ।

१९९० देखि २०१४ को अवधिमा व्यापारिक प्रयोजनका हवाइजहाजबाट हरितगृह ग्यासको उत्सर्जन करिब ९० प्रतिशतले बृद्धि भएको पाइएको छ ।

पत्रमा हस्ताक्षर गर्ने ९६ संस्थामा इन्टरनेशनल आर्मस् अफ एक्सन एड , अक्सफाम र फ्रेन्डस अफ द अर्थ लगायत रहेका छन् ।

टोकियो ओलम्पिक सम्बन्धमा आइओसीलाई वातावरण सम्बन्धि गैर सरकारी संस्थाको खुला पत्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More