रविन्द्र रविन्द्र

  • रविन्द्र
  • रविन्द्र
  • रविन्द्र
  • रविन्द्र
  • रविन्द्र
  • रविन्द्र

हवाईसेवामा महत्वपूर्ण उपलब्धि- कालो सूचीबाट हट्यो, थप रुट पाइयो

22 June, 2018 17:46 | कर्पोरेट/पर्यटन | comments | 24450 Views

रविन्द्र

नेपालको हवार्य उड्डयनन क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात लागेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा जवाफ दिंदै मन्त्री अधिकारीले भारतसंग थप हवाइ मार्गको सम्झौता, जापानबाट सिधा हवाई उडानको सम्झौता लगायत सन् २०१३ देखि गम्भीर सुरक्षा खतराको सूचीमा रहेको नेपालको हवार्य सेवालाई त्यसबाट हटाउन सकिएको बताउनुभयो ।

adsads

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को प्रधान कार्यालय क्यानडामा अघिल्लो साता मात्र मन्त्री अधिकारीकै उपस्थितिमा नेपाललाई कालो सूचीबाट हटेको प्रमाणपत्र दिएको थियो ।

आईकाओले आफ्ना १९२ सदस्य राष्ट्रहरुको नियमित उडान सुरक्षा परीक्षण गरिरहेको हुन्छ । सन् २०१३ मा उक्त संगठनबाट सम्पन्न अडिट पश्चात् नेपाललाई उडान सुरक्षाका दृष्टिले गम्भिर सुरक्षा चासो भएको मुलुकको सूचिमा राखेको थियो ।

मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनको खतरा सूचीबाट भने नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त संसदमा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले नेपाल–जापान हवाई सम्झौता सन् १९९३ मा भएको र अहिले हप्तामा १४ उडानको व्यवस्था भएको उल्लेख गर्दै जापानको विमानस्थलबाट संसारका जुनसुकै देशमा पुग्ने गरी आउने र जानसक्ने व्यवस्था हुनु महत्वपूर्ण उपलब्धि भएको र त्यसले गर्दा जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभोयो ।

त्यसै गरी नेपालगञ्ज–दिल्ली उडानका लागि शुक्रबार नै स्वीकृति दिएको र तीन, चार महिनामा त्यहाँबाट हवाई सेवा शुरु हुने बताउँदै बुद्ध एयरको विमानले छिटै नै काठमाडौँ–दिल्ली परीक्षण उडान गर्ने तयारी गरिरहेको जानकारी समेत दिनुभयो ।

सम्बोधनका क्रममा मन्त्री अधिकारीले आन्तरिक उडानतर्फ दुर्गम क्षेत्रमा हवाई भाडाको पुनरावलोकन हुन नसकेको उल्लेख गर्दै २०७३ सालको प्रस्तावित भाडादरलाई समसामयिक बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै मन्त्री अधिकारीले चार्टर एयरको हवाई सिण्डिकेट अन्त्य गरी यात्रुलाई सहज रुपमा आवतजात गर्ने व्यवस्था मिलाइएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थको काम तीव्र रुपमा अगाडि बढिरहेको र सो विमानस्थलमा १८० सिटसम्मका जहाज चलाउन सकिने जानकारी दिनुभयो।

यस्तै २०२१ सम्म निर्माण कार्य पूरा गरेर सो विमानस्थल सञ्चालन ल्याउन सकिने बताउँदै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई एक वर्षभित्र सञ्चलानमा ल्याउने तयारीका साथ काम भइरहेको जानकारी दिनुभयो।

मन्त्री अधिकारीले हालसम्म ४७ प्रतिशत काम पूरा भएको सो अन्तर्राष्ट्रिय विमानस्थलको असार मसान्तसम्ममा ५० प्रतिशत काम सकिने उल्लेख गर्दै निजगढ विमानस्थलको काम पनि द्रुतरुपमा अगाडि बढेको बताउनुभयो ।

इयूको ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन प्राधिकरणको पहल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रविन्द्र

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More