हामीमा महिला र पुरुष दुबैले गर्न सक्ने शक्ति छ : पिंकी गुरुङ (पहिलो तेस्रो लिङगी उम्मेदवार)

11 November, 2017 19:23 | अन्तरवार्ता | comments | 25050 Views

समावेशी समानुपातिक प्रतिनिधित्वलाई संविधानले सुनिश्चित गरेपछि नयाँ शक्ति पार्टीले यसपटक नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई समानुपातिकको तर्फबाट उमेद्धार बनाएको छ । २९ वर्ष भएपछि मात्र तेस्रोलिंगीका रूपमा खुल्नुभएकी गुरुङ तेस्रोलिंगी समुदायसँग महिला र पुरुष दुबैले गर्न सक्ने शक्ति भएको बताउनुहुन्छ ।

उहाँले नेपाल जापान डट कमसँगको कुराकानीमा नयाँ शक्तिले दिएको अवसरबाट आफू खुसी भएको बताउँदैे आफ्नो उमेद्धारीबाट तेस्रोलिंगी समुदाय निकै उत्साहित भएको जानकारी दिनुभयो । गुरुङले तेस्रोलिंगी समुदायले मात्रै नभएर यस समाजभित्रै आफ्नो समुदायलाई मनपराउने व्यक्तिहरुले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू नीतिगत तहमा पुगेको खण्डमा आफ्नो पहिलो प्राथामिकता आफ्नो समुदायको लागि गर्नुपर्ने नीतिगत परिवर्तनमा हुने बताउनुभयो ।

नेपालमा पहिलोपटक समलिंगी सुनिलबाबु पन्तलाई संविधानसभा सदस्य बनाइएकोले केही नीतिगत परिर्वतन भए पनि सामाजिक राजनैतिक रुपमा आफ्नो समुदायको परिवर्तनको लागि कार्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आफूले पार्टीको सदस्यता लिनलाई मात्रै राजनीति नगर्ने बताउँदै आफूसँग जनता किन्ने धन नभएपनि देश र जनताको सेवा गर्ने मन रहेको बताउनुभयो । नेपाल जापान डट कमका सम्पादक यादब देवकोटाले पिंकी गुरुङसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत छ-

भिडियो-

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More