-राजेश घिमिरे -राजेश घिमिरे

  • -राजेश घिमिरे
  • -राजेश घिमिरे
  • -राजेश घिमिरे
  • -राजेश घिमिरे
  • -राजेश घिमिरे
  • -राजेश घिमिरे

हाम्रो भोट यति सजिलै कहाँ चल्छ र !

25 May, 2017 15:47 | बिचार | comments | 112500 Views

-राजेश घिमिरे

-राजेश घिमिरेजब-जब नेपालमा निर्वाचनको गर्मी सुरु हुन्छ विदेशमा रहेका नेपालीले आफ्नो मताधिकारको आवाज उठाउने गर्छन् । पहिलो पटकको संविधानसभाको निर्वाचन हुनुभन्दा अघिबाट यो बिषयमा बहस धेरै नै भए ।

adsads

गैर आवासीय नेपाली संघ तथा अन्य विभिन्न संघ, संस्थाले संस्थागत रुपमा तथा व्यक्तिगतरुपमा सामाजिक सञ्जालमार्फत यो विषय राम्रैसँग उठाइयो । आजको दिनमा पनि ‘हाम्रो भोट चल्ने नोट किन नचल्ने ?’ अभियानकैरुपमा अघि बढिरहेकै छ । तर के विदेशिएका ४० लाख भन्दा बढी नेपालीले राखेको यो माग पुरा हुन सम्भव छ ?

केहि हप्ता अघि बीबीसी नेपाली सेवाको चर्चित कार्यक्रम साझा सवालमा अतिथि थिए प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादव । सहभागि एकजनाले प्रश्न गरे-‘हामीले विदेशमा दु:ख गरेर कमाएको नोट चल्दा भोट किन चल्दैन ?’ आयुक्त यादवले सहजै जवाफ फर्काए-‘नोट त नेपाल आइपुग्दा नेपाली हुन्छ चलिहाल्छ, भोट चल्न सजिलो छैन ।’ कुरो यत्तिमै रोकिएन । सहभागिले थपे-‘हाम्रो भोट पनि चल्नु पर्‍यो, व्यवस्था मिलाउनु पर्‍यो निर्वाचन आयोगले ।’ आयुक्तको जवाफ आयो ‘यो कुरा मलाई होइन ऊ उता सोध्नुस् ।’ उनले ‘ऊ उता’ भनेर राजनीतिक दलहरुलाई संकेत गर्दै थिए । उनले थपे, ‘ मेरो आफ्नै परिवार विदेशमा छन् यो व्यवस्था भए त मै पनि खुशी हुन्थें ।’ उनको यो जवाफले के संकेत गर्छ भने दलहरुले सहमती गरे भने विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको वातावरण बनाउन आयोग सक्षम हुन्छ ।

तर निर्वाचन आयोगले गर्ने भनेको प्रबिधिक पाटो मात्रै हो । अह्राएको काम मात्र उसले गर्छ । उसका लागि एेन बोल्नुपर्छ । एेन बनाउने संसदले हो । अनि संसद चलाउने राजनीतिक दलहरुले ।बेला-बेलामा राजनीतिक दलका नेताहरुको यस बिषयमा सकरात्मक बिचारहरु सुन्न पाइन्छ । विशेष गरेर विदेश यात्रामा निस्किएका बेलामा । नेताहरुले विदेश स्थित आफ्ना भातृ संघ संगठनलाई यस बिषयमा आश्वासन दिने गरेकै छन् बर्षौं देखि । तर नेपाल फर्किएपछि चुइंक्क बोल्दैनन् यस बिषयमा ।

यसको स्पष्ट कारण छ-उनीहरुलाई विदेशमा रहेका नागरिकको नोटको खाँचो छ भोटको होइन । भोट त केवल आश्वासन मात्रै हो । तत्काल यो उनीहरुबाट संभव नै छैन । लगभग ३ करोड जनसंख्या भएको नेपालमा सवा-डेढ करोडको हाराहारीमा मतदान हुने गर्छ । यदि यो माग पुरा भयो मतदाता ४० लाख थपिन्छन् । त्यो अवस्थामा विदेशबाट गरिने भोट नेपालको निर्णायक भोट बन्छ । जसको नेपालमा निकै सशक्त मानिने सामाजिक सञ्जाल(फेसबुक, ट्वीटर)मा ठूलो पहुँच छ । यो भोट तुलनात्मकरुपमा बढी स्वतन्त्र र स्भाविकरुपमा काम गरेर देखाउनेलाई जान्छ । पार्टीप्रति बफादार कम हुन्छ ।

नेपालको नीति निर्माणको ताला चावी प्रमुख तीन दलसँग छ । अझै केहि बर्ष यो अवस्थामा ठूलो परिवर्तन आउने छाँट देखिन्न अहिलेको स्थानीय निकायको निर्वाचनको नतिजा हेर्दा । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जसको वरिपरि नेपालको राजनीति घुम्ने गरेको छ सबै परम्परागत सोच हावी भएका पार्टी हुन् । जसको सामाजिक सञ्जालमा आलोचना अत्याधिक हुने गर्छ ।

यी प्रमुख पार्टीका मूल नेतृत्व अत्यन्तै पुरानो मानसिकता र संकिर्ण सोच भएका छन् । दोश्रो पुस्ता पनि लगभग उस्तै छ । उनीहरु सूचना-प्रबिधी मैत्री छैनन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना हुने नै तिनै नेताहरुको हो । त्यसैले पनि उनीहरुलाई डर छ यत्रो मतदाता थपिंदा आँफुलाई घाटा पो हुने हो कि ! भन्ने । त्यसमाथि पनि चरम गुठबन्दीका कारण मूख्य पार्टीका नेतृत्वको ध्यान नविन काममा भन्दा आफ्नै पार्टी र भएका कार्यकर्ता जोगाउनमा केन्द्रित देखिन्छ । उनीहरुलाई सबै भन्दा ठूलो डर त मतदाताको दायरा फराकिलो बनाउँदा भर्खरै उदाउँदै गरेका युवाहरुले नेतृत्व गरेको नयाँ राजनीतिक पार्टीको पल्लाभारी हुने त होइन ? भन्ने छ । त्यसैले उनीहरु जानि-जानि लाखौं नयाँ मतादातालाई अधिकार दिएर आफ्नै खुट्टामा बञ्चरो हान्न चाहँदैनन् ।

तर यीनै तीन प्रमुख पार्टी भित्र पनि तेश्रो पुस्ता निकै सूचना प्रबिधी मैत्री छ । जसको दिनहुँजसो विश्वभर छरिएका नेपालीहरुसँग भलाकुसारी हुनेगर्छ । उनीहरुले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिँदा हुने फाइदा राम्रोसँग बुझेका छन् । उनीहरुको विश्वास कसरी जित्ने र आफूतिर कसरी तान्ने भन्ने ज्ञान पनि यो पुस्तामा छ । र यो पुस्ताप्रति आशा र भरोसा पनि छ नेपाली जनताको । तर अहिले यो पुस्ताको निर्णायक तहमा भूमिका कम छ । जब सम्म हस्तक्षेपकारी भूमिकामा यो पुस्ता पुग्दैन तबसम्म विदेशमा रहने नेपालीको चल्ने भनेको ‘नोट’ मात्रै हो ।

अरु पार्टीहरुले जतिसुकै भाषण गरेपनि आजको दिनमा यो मागको विषयमा पार्टिगतरुपमा नयाँ पार्टीहरु विवेकशील नेपाली र साझा पार्टीले जोडका साथ उठाइरहेका छन् । यी पार्टी नयाँ प्रबिधीसँग बढी घुलमिल छन् । विदेश रहेका नेपालीसँग बढी नजिकिएका छन् । युवाका कुरा बुझेका छन् । तर उनीहरुले चाहेको हुने हैशियत बनेको छैन नेपालमा ।

त्यसैले अब एउटा सम्भावना , ती नयाँ पार्टीहरुले प्रमुख पार्टीका नयाँ पुस्ताका नेताहरुसँग मिलेर तिनका मूल नेतृत्वलाई दबाब दिने बाताबरण बनाउन सके भने ढीलो चाँडो ‘भोट’ले पनि काम गर्न सक्छ । जसले विदेशको कमाई देश विकासमा लगाउन थप उत्प्रेरणा मिल्ने थियो ।
-rajeshat94@gmail.com

भट्टको प्रश्न- हाम्रो नोट चल्ने भोट किन नचल्ने ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
-राजेश घिमिरे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रविन्द्र अधिकारी

फेसबुक

रविन्द्र अधिकारी

ट्वीटर

सामाजिक सञ्जाल

More