हास्य कलाकार राजाराम पौड्यालले आफ्नो उमेर १६ वर्ष भनेपछि…(भिडियो अन्तर्वार्ता)

11 January, 2018 15:01 | अन्तरवार्ता | comments | 159600 Views

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको बताउनुहुन्छ । पौडेलले नेपाल जापान डट कम् सँगको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो ।

उमेर ६० बर्ष हुँदा पनि आफूलाई सोह्र बर्षको किन भनुहुन्छ ? भन्ने प्रश्नमा पौड्यालले भन्नुभयो ‘हामी यस्तो ठाउँमा बसिरहेको छौँ जहाँको परिस्थिती उल्टो छ, जुनसुकै क्षेत्रमा पनि उल्टोे कुराले प्रसय पाइरहेको छ त्यसैले मैले मेरो उमेर उल्टो बनाएर भनेको ।’

करिब सात बर्ष अमेरिका बस्नुभएका पौड्याल अमेरिका बस्दा आफूले आफ्नो कला यात्रालाई निरन्तरता दिएको बताउनुहुन्छ । अमेरिकामा रेडियोबाट प्रहसन मार्फत पाएको चर्चा उहाँको स्मृतिमा ताजै छ ।

हाल चलचित्र क्षेत्रको अवस्थामा निकै सुधार आएको र अझै परिवर्तन हुनेमा पौड्याल निश्चिन्त हुनुहुन्छ । नेपाली कला जगतमा हास्यव्यंग्य विधाका सशक्त हस्ताक्षर पौड्याल लामो समयदेखि नाटक, टेलिचलचित्र तथा चलचित्र मार्फत आम नेपालीको मन मुटुमा बस्न सफल हुनुहन्छ ।हास्य कलाकार पौड्यालले २०२१।२२ सालदेखि कला क्षेत्रमा प्रवेश गरेदेखि हालसम्म निरन्तरता दिंदै आउनुभएको छ ।

हास्य कलाकार पौड्यालसँग नेपाल जापान डट कम् का सम्बाददाता कुन्जर भट्टराईसंग गरिएको रमाइलो भिडियो कुराकानी यहाँ प्रस्तुत छ ।

 

म जन्मेको दिन नै मेरो अविष्मरणीय क्षण हो- राजाराम पौडेल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!