हिउँबाट चिप्लेर खसेका भारतीय पर्यटकको उद्धार

9 May, 2017 16:32 | कर्पोरेट/पर्यटन | comments | 1 Views

मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिक्षेत्र गाउँपालिका २ स्थित थोरङ्गमा हिउँबाट चिप्लिएर करीव ६० मिटर तल खोचमा खसेका एकजना भारतीय पर्यटकलाई एपीएफ टोलीले बैशाख २५ गते सकुशल उद्धार गरेको छ ।

मुस्ताङ घुम्न आएका भारतको कोलकत्ता घर बताउने ६० वर्षिय देवनारायण चक्रवती सोमबार साँझ हिउँमा चिप्लिएर पहाडको खोचमा खसेको बताइएको छ । सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङबाट उद्धार कार्यको लागि तत्कालै एपीएफ टोली खटिएको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई घाइते अवस्थामा फेलापारी सकुशल उद्धार गरेको हो । निज चक्रवतीलाई एपीएफ टोलीले उद्धार लगत्तै उपचारको लागि जोमसोम स्थित अस्पतालतर्फ पठाएको थियो ।

उता पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १६ बाट एपीएफ टोलीले बैशाख २४ गते करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १८ बस्ने २५ वर्षिय सन्दिपकुमार श्रेष्ठ छन् ।

उनलाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना. ४३ प ५०२ नम्बरको मोटरसाइकलमा सवार निज श्रेष्ठको साथबाट उल्लेखित मूल्य बराबरको पाँच सय ८६ तोला चाँदीको गरगहना बरामद गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई बरामद गरगहना तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More