Sunday 30, April 2017
नेपाली समय: 07:04:07
जापानी समय: 10:19:07

‘हिरोसिमा पुगेपछि….'(जापान डायरी)

8 January, 2017

Ananda-Koirala-1-269x300-आनन्द कोइराला

दोस्रो विश्वयुद्दमा हजारौ जापानीहरूको एकै चिहान भएको हिरोसिमा क्षेत्रको अचानकको यात्राले मन नै विचलित वनाईदियो। र यस वारे केही लेख्ने कोशिस गर्दैछु।

हिरोसिमा जापानको दक्षिणी शहर जसलाई विश्वले चिन्छ। जहाँका लाखौलाख जनता कुनै न कुनै हिसावले युद्दको रापमा पिल्सिए थिए। पहिलो पटक पुग्नेका लागि शान्त शहर देखिएपनि स्थानियहरूको मुहारमा अझै खुसी पाउन कठिन छ। युद्द प्रभावित परिवारलाई त वास्तविक स्वरूपको त अध्ययन गर्न पाईएन तर कुराकानीको छोटो संवादको केही वाक्यले भावव्विहल बनायो।

नेपालमा चलेको दश वर्षे नरसंहारकारी युद्दको केही क्षणमात्र प्रताडना भोगेको र प्रताडितहरूको आँशु देखेको पंक्तिकारलाई हिरोसिमाले झक्कझकाईदियो। बमको रापले, एटम बमको आणविक प्रभावले पोलिएका, रगतपिच्छे जनताको पीडाको तस्विर सहितको भिडियो देखेपछि जस्तै मन थाम्न सक्नेहरूको समेत आँखा रसाउछन, त्यहादृश्यहरू त्यस्ता राखिएको रहेछ।

भवन वरिपरि वसेका जापानी युद्द पीडितहरूको

हरेक शब्दमा पीडा र भावी सन्ततिलाई यस्ता बमको हमला खप्नु नपरोस।

कसैको परिवार विछोड नहोस भन्ने   अनुरोध र संगैको हस्ताक्षर अभियान देख्दा साच्चै पीडा वोध भयो।

हिरोसिमामा खसालिएको ‘लिटल व्याई’ नामक नरसंहारकारी एटम बमले सयौ किलोमिटरसम्म पुरै खरानी बनाएको सुन्दै र पढदै गरेको तस्विरको छेवैमा रहेको तत्कालिन भग्नावशेस घरको नजिकै गएर फोटो खिचाउन्जेल केहि लागेको थिएन। घुमीघुमी पोजपोजको फोटो खिचेको केहीवेरमा हेरेको तत्कालिन युद्द र हमलाको छोटो भिडियोले भने मनमा पीडा थप्यो। संगै सोही भवन वरिपरि वसेका जापानी युद्द पीडितहरूको हरेक शब्दमा पीडा र भावी सन्ततिलाई यस्ता बमको हमला खप्नु नपरोस। कसैको परिवार विछोड नहोस भन्ने अनुरोध र संगैको हस्ताक्षर अभियान देख्दा साच्चै पीडा वोध भयो।

हात चुडिएर रगत्तैपिच्छे जनता तथा ससाना नानीहरूको हालतको कल्पना जो कोहीका लागि सहन नसक्ने क्षण बन्छ। बमले क्षति पुरयाएको र काम गरिरहेको फयाक्ट्रीमा केन्द्र बनाएर खसालिएको बमको असर पुरै क्षेत्रमा पर्दा मरेका र वेपत्ता भएका हजारौको कोलाहलको भिडियो दृश्यले घुमेको शहरको छाप फरक पारिदियो।

नेपालमा तत्कालिन राज्य र माओवादीले हमला गरेका केही सिमित क्षेत्रमा स्थलगत अध्ययन गरेको मेरो अनुभव हिरोसिमा सामु निरिह र वैगुनि लाग्यो। नेपालमा पनि युद्द भयो तर यस्तो विनासकारी घटना विश्वमै विरलै भए।

जापानमा वसेका नेपालीहरू मध्ये केही सिमित युद्द पीडितको पीडा समान होला तर घटनाको वास्तविक अवस्थालाई नलुकाई भेटेसम्मका सामान राखिएको हिराेसिमा पीस मेमाेरियल म्यूजियमका दृष्य र त्यहा प्रर्दशन भई रहने हवाई हमला र बम खसालिएको दृष्यले यस्तो लाग्यो मानौ अहिल्यै बाहिर यस्तै माहौल छ।

आणविक बम हमलाले कसैको हित गर्दैन भन्ने सन्देश

त्यहाँ मार्फत संयुक्त राष्ट्रसंघसम्म पुरयाउन हस्ताक्षर अभियान चलाई रहेका छन

भने केही जापानका प्रधानमन्त्री सिन्जो आवेको चित्र अंकित झण्डा बोकेर

बिरोध जनाई रहेका छन। मौन रहेका जापानीले बोकेको झण्डामा मुर्दावाद लेखेर वरिपरि घुम्दै विरोध गरेको दृष्य नेपाली हुनुको नाताले धेरै सभ्य विरोध लाग्यो।

सन १९४५ अगष्टसम्म चारै सिमाना आक्रमण जारी राखेका जापानीहरूलाई तह लगाउने अमेरिकी नरसंहारकारी योजनाको सिकार वनेका जापानका सर्वसाधारणहरूको पीडा दर्दनाक र भयंकर रहेछ। हवाई लगायतका अमेरिकी अधिनस्त टापुमा जापानी हमला, रसिया तत्कालिन सोभियत रूस र अमेरिकी गठवन्धन र अंग्रेजहरूको विस्तारवादी अभियान क्रममा जापानीहरूको आक्रमक युद्दले उव्जाएको परिणाम सिंगो जापानलाई आत्म सम्पर्णसम्म पुरयायो। जसका लागि अमेरिकाले अपनाएको र परिक्षण गरेको आणविक हमलाले जापानको हिरोसिमा र नागासाकी क्षेत्रमा मात्र हैन कयौ अन्य स्थानमा सहित अझै प्रताडना दिएको दियैछ।

हिरोसिमा आक्रमणको केन्द्र मानिएको भग्नावशेस भवनको अगाडीपट्टी वसेका केही स्थानियहरू यतिवेला विश्वका २० भन्दा वढी मुलुकमा राखिएको आणविक बमको विरोध जनाई रहेको छन। आणविक बम हमलाले कसैको हित गर्दैन भन्ने सन्देश त्यहाँ मार्फत संयुक्त राष्ट्रसंघसम्म पुरयाउन हस्ताक्षर अभियान चलाई रहेका छन भने केही जापानका प्रधानमन्त्री सिन्जो आवेको चित्र अंकित झण्डा बोकेर बिरोध जनाई रहेका छन। मौन रहेका जापानीले बोकेको झण्डामा मुर्दावाद लेखेर वरिपरि घुम्दै विरोध गरेको दृष्य नेपाली हुनुको नाताले धेरै सभ्य विरोध लाग्यो।

म आफैले समेत यस्तो देखाई र भोगाई पछिको पुस्तान्तरका कारण हिरोसिमा प्रतिको हेराईमा केही फरकपन आउनु सायद स्वाभिक होला। हिरोसिमावासीको चाहना यहाँको जस्तो हालत कसैको पनि नहोस भन्ने छ।

युद्दकाे भग्नावशेस भवन र बम खसेकाे केन्द्र तथा बमका कारण जलेकाे हिराेसिमा तस्वीरमा
hiroshima-picture

भिडियाे :

प्रतिक्रियाका लागि: anandbro2005@gmail.com

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo