हृदयघातका कारण बलिउड अभिनेत्रीको निधन

18 May, 2017 15:59 | कला/मनोरन्जन , वलिउड | comments | 3600 Views

दर्जनौँ बलिवुड सिनेमामा आमाको भूमिका निभाएकी अभिनेत्री रीमा लागुको हृदय घातका कारण निधन भएको छ । ५९ वर्षिय रीमाको टाउकोमा पीडा भएपछि कोकिलाबेन हस्पीटलमा भर्ना गरिएको थियो । बुधबार राती सवा तीन बजे उनले अन्तिम सास फेरेकी छिन् ।

रीमाले सलमान खानका केही सिनेमामा उनकी आमाको भूमिका निभाएकी छिन् । उनले काम गरेका सफल सिनेमाको नाम लिनुपर्दा मेने प्यार क्युँ किया, आशिकी, हम आपके है कौन, वास्तव, कुछ कुछ होता है, हम साथ साथ है लगायत पर्छन् । त्यस्तै उनले केही सिरियलहरुमा काम गरेर पनि लोकप्रियता बटुलेकी थिईन् ।

तु तु मेँ मेँ, श्रीमान् श्रीमती, धड्कन लगायतका सिरियलहरुमा उनले अभिनय गरेकी थिईन् । हाल उनी स्टार प्लसको सिरियल ‘नामकरण’मा काम गरिरहेकी थिईन् । सिरियलमा उनी दयवन्ती मेहताको भूमिकामा थिईन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More