हेलिकप्टरको झ्याल विद्यालयमा खसेकोमा अमेरिकी सेनाले क्षमा माग्यो

18 December, 2017 16:48 | जापान | comments | 133200 Views

गत साता ओकिनावाको एक विद्यालयमा हेलिकप्टरको झ्याल खसेकोमा अमेरिकी सैन्य अधिकारीहरुले सोमबार क्षमा मागेका छन् ।

फुतेन्मामा रहेको अमेरिकी नौसेनाको हवाइ स्टेशनसंगै रहेको विद्यालयमा झर्दा कसैलाइ पनि चोटपटक नलागेपनि अमेरिकी सैन्य उपस्थितिले उत्पन्न भएको सुरक्षा चुनौतिले स्थानिय वासिन्दा पनि निकै आक्रोशित भएका थिए ।

adsads
प्रशान्त क्षेत्रमा नौसेनाको सरकारी तथा वाह्य मामिला व्यवस्थापन गर्ने कर्नेल डेरिन क्लार्कले फुतेन्मा दाइनी आधारभुत विद्यालयका प्रधानाध्यापक इत्सुको क्यानले विद्यालयलाई निकै असहजतामा पारेकोमा क्षमा मागेका छन् ।

अमेरिकी सेनाले सोमबारदेखि उडान सुचारु गर्ने योजनाको घोषणा गर्ने आफुलाइ जानकारी दिएको ओकिनावाका डेपुटी गभर्नर मोरीताके तोमीकावाले पत्रकारहरुलाइ बताएका छन् । प्रशान्त क्षेत्रमा रहेको मेराइन कप्र्सका कमान्डिङ जर्नेल ब्रिग जेन पल रकले आफुलाइ आइतबार उक्त जानकारी दिएको तोमिकावाले बताए । यो निकै असह्य घटना भएको भन्दै ओकिनावा गभर्नर ताकेशी ओनागाले अमेरिकी सेना असल छिमेकी नभएको व्याख्या गर्दै केन्द्रीय सरकारले उडान रोक्न नसकेको आरोप लगाए ।

टोकियोमा रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले अमेरिकी सेनाले यस्तो घटना नदोहोरिनेबारे सरकारलाई उपयुक्त विस्तृत सुचना नदिएको बताएका छन् । अमेरिकी अधिकारीहरुले केन्द्रीय र ओकिनावा सरकारलाई झ्याल खस्नुमा पाइलटको त्रुटि रहेको बताएका छन् । अमेरिकी सेना र स्थानियबिच प्राय तनाव भइरहने ओकिनावामा यस वयानले स्थानियलाई सन्तुष्ट पार्न सकेको छैन ।

यति चाँडै उडान सुचारु भएकोमा आपत्ती जनाउनेमा प्रभावित विद्यालयका विद्यार्थीका अभिभावक रहेका छन् । आफ्नो १२ वर्षिय छोरालाइ विद्यालय लैजाने क्रममा तोमोको मियागीले यो कदम अमान्य रहेको र यसले ओकिनावाका वासिन्दाप्रति घृणा देखिएको बताए । करिब ९० वर्ग सेमीको ७.७ किलो वजन भएको सीएच – ५३इ हेलिकप्टरको झ्याल फुतेन्मामा रहेको अमेरिकी नौसेनाको हवाइ स्टेशनसंगै रहेको विद्यालयमा विद्यार्थीहरु अभ्यास गरिरहेको स्थानभन्दा केही पर झरेको थियो ।

अमेरिकी हेलिकप्टरको झ्याल विद्यालयमा खसेपछि ओकिनावा गभर्नर आन्दोलित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More