‘०१२३४५६ र १२३४५६ नम्बरबाट आएको फोन नउठाउनुस्’

26 November, 2017 19:08 | सूचना/प्रविधि | comments | 88200 Views

केही दिनयता ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट आएको फोन उठाउँदा व्यक्ति ठगिन थालेपछि नेपाल टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गर्दै टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यस्ता नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताउनुभएको छ । उहाँले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको र पटकपटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको छ ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंक्मा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

धरहराको पुननिर्माणबाट नेपाल टेलिकमले किन झिक्यो हात ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More