१२ औं साग : नेपाललाई उसुमा एकैदिन ६ रजत
१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार भएको उसुको खेलमा नेपालले एकै दिन ६ रजत जितेको छ । उसु खेलाडीहरु हरिप्रसाद गोले, सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर, राजेश चाैधरीले रजत पदक जितेका हुन् ।
नेपालका उसुका खेलाडीहरुले आज स्वर्णका लागि प्रतिस्पर्धा गरेपनि सबै रजतमा चित्त बुझाउन वाध्य भए । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् । सो स्पर्धामा भारतका एम ग्यानदास सिंहले कुल १८.७९ अंकसहित स्वर्ण जिते ।यस्तै खोटाङकी सविता राईले उसुमा नेपाललाई रजत पदक दिलाइन् ।
राईले १७.७० अंकसहित रजत जितिन् । सोही स्पर्धामा भारतकी सरातम्बप् छानुले १८.६२ अंकसहित स्वर्ण तथा पाकिस्तानकी कोमल इमान्युयलले कास्य जितिन् ।त्यस्तै सान्सौंकै ६० केजीको स्पर्धामा भारतकी केसिसाम अरुणपमादेवीसँग जुनी राई फाइनलमा २–० ले पराजित भईन । त्यस्तै, झरना गुरुङ ५२ केजीमुनिको स्पर्धामा भारतकै युमनम सनथोईसँग फाइनलमा २–० ले हारेपछि रजतमा सीमित भएकी हुन् ।
विन्दूले सान्सौंमै ७० केजीमुनिको स्पर्धाको भारतकीपूजा काडियनसँग फाइनलमा २–० स्तब्ध हुन पुगिन् । पुरुष सान्सौं ५६ केजी अन्तर्गत भारताका रवि पान्चालसँग २–० ले पराजित हुँदै राजेश चौधरीले रजतमा चित्त बुझाएका छन् ।
यो पदकसंगै नेपालले अहिले सम्म १२ औं सागमा १ स्वर्ण, ११ रजत र १५ कांस्य २७ पदक प्राप्त गरेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- ‘द डार्कनेस बेकन’को ट्रेलरमा भूकम्पको पीडा(ट्रेलर सहित)
- गायक टंक बुढाथोकीको नयाँ गीत “अल्लारे जोवनमा” सार्वजनिक(भिडियो सहित)
- अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल
- युगान्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति
- बैंगलोरलाई हराउदै चेन्नई आइपिएलको शीर्ष स्थानमा
- एमाले सांसद नविना लामाको विवाह आज
- प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने
- च्याम्पियन्स लिग : रियलद्वारा बायर्न २-१ ले पराजित (हाईलाइट्स भिडियो)
- विवादका कारण केएफडब्लू पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट बाहिरियो
- जोर्डनमा बलात्कृत भएर फर्किएकी धनमायाको सहारा बन्यो सहारा
- भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे रु ५० हजार फिर्ता गर्नुपर्ने
- सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी
- बाबु हुनु त यस्तो…
- झापामा औलो रोगी घटे
- जबर्जस्ती करणीको फैसला उल्टियो
- गायक टंक बुढाथोकी को नया गीत “अल्लारे जोवनमा…” सार्वजनिक
- आगलागीबाट तीन घर नष्ट
- संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह
- सुन तस्करीको जालो : सातामा डेढसय किलो तस्करी, एक चिनियाँ नागरिक पक्राउ
- पोलिटेक्निकका लागि निःशुल्क ७० रोपनी जग्गा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


