१४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

26 April, 2018 00:22 | जन सरोकार | comments | 43650 Views

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

adsads

सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा बस्ने कोठाबाट प्रहरीले बरामद गरेको थियो भने एक किलो भने धनुषाबाट बरामद गरेको थियो । ब्यूरोले भदौमा फेला परेको सुन ओसारपसार गर्दै आएका सात जनालाई भने यसअघि पक्राउ गरिसकेको छ । पक्राउ परेका जेड हङलाई बुधबार काठमाडौँ जिल्ला अदालतबाट अवैध सुन ओसारपसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!