१५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन, चैत्रमा पार्टी एकता

22 February, 2018 18:40 | राजनीति | comments | 81600 Views

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि फागुन ७ गते भएको सातबुँदे आधारलाई टेकेर एकताको प्रतिवेदन बनाउने भएको छ । यसपछि मात्रै पार्टी एकता हुने बताइएको छ ।

adsads

बुधबार नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थिपतमा बसेको बैठकले पार्टी एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

दुबै कार्यदलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।

संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

पार्टीको अन्तरिम विधान बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल छन् ।

दुबै कार्यदलले प्रतिवेदन बुझाएपछि थप गृहकार्य गरेर पार्टी एकता घोषणा गरिने नेताहरुले बताएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको घोषणा गर्न चैत लाग्ने बताउनुभएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइसक्यो: दाहाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More