२२ प्रतिशतभन्दा बढी मत बदर, नियोजित कि अज्ञानता ?

13 December, 2017 15:26 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 59850 Views

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् ।

यो संख्याको बदर नियोजित हो किक अज्ञानता भन्ने कुतुहलता उत्पन्न भएको छ । अज्ञानता हो भने मतदाता शिक्षाको नाममा के गरियो भन्ने प्रश्न पनि उठाउन सकिन्छ ।

प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ । यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो । यो सङ्ख्या जिल्लामा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा बढी हो ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा माओवादी केन्द्रले २७ हजार २२०, नेपाली काँग्रेसले १६ हजार ८४७ र एमालेले १० हजार ५४५ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभामा बदर मतको सङ्ख्या प्रतिनिधिसभाको मतभन्दा बढी देखिएको छ । जिल्लाको दुवै प्रदेशसभामा ७० हजार ५७० मत खसेकामा १५ हजार ७६६ मत बदर भएको थियो । यो सङ्ख्या प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रबाट खसेको मतको २२ प्रतिशतभन्दा बढी हो ।

प्रदेशसभाका लागि बदर भएको मत जिल्लामा नेपाली काँग्रेस र एमालले प्राप्त गरेको मतभन्दा बढी हो । प्रदेशसभाका लागि माओवादी केन्द्रले २५ हजार २६० मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ४१८ र एमालेले १० हजार २७१ मत प्राप्त गरेका थिए ।

जिल्लामा यति धेरै मत बदर भएसँगै निर्वाचन शिक्षाका बारेमा प्रश्न उठ्न थालेको छ । ठूलो धनराशि खर्च गरेर गरिने मतदाता शिक्षाको परम्परागत पद्धतिले मतदातालाई कुनै प्रभाव नपारेको बताइएको छ ।

कपिलवस्तुमा साढे २७ हजार मत बदर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More