२५ जिल्लामा झण्डै चार लाखजना गरीबीको रेखामुनी

17 October, 2017 21:00 | अर्थ | comments | 6900 Views

नेपालमा सहकारी तथा गरिबी निवारण मन्त्रालयले  तीन लाख ९१ हजार ८३१ ब्यक्ति गरिबको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लामा बसोबास गर्ने अति, मध्यम र सामान्य गरिब जनतालाई तिहारपछि गरिब परिचयपत्र वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

मंगलबार २५ औँ विश्व गरिबी निवारण दिवसको सन्र्दभमा मन्त्रालयले भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बागलुङ, कपिलवस्तु, अर्घाखाची, प्यूठान, रोल्पा, बर्दिया, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, अछाम र कैलालीमा रहेका गरिब जनताको सूची सार्वजनिक गरेको हो ।

सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबको सूची आज राजधानीमा सार्वजनिक गर्दै आर्थिक रुपान्तरण बिना गरिबीको अन्त नहुने बताउनुभयो ।

त्यसैगरी, राज्यमन्त्री चम्पादेवी खड्काले मन्त्रालयले अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई निलो रंगको परिचयपत्र तिहारलगत्तै वितरण गर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ मा अन्तरराष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै आएको छ । नेपालमा सहकारी मन्त्रालय स्थापना भएदेखि यो दिवस मनाइदै आएको हो । यस वर्षको नारा ‘गरिबी अन्त्यको लागि जवाफः शान्त र समृद्ध समाज’ तय गरिएको छ ।

नेपालमा कुल जनसंख्यको २३.८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा विश्वबाट सबै प्रकृतिका गरिबीको अन्त्य गर्ने लक्ष्य लिएको छ ।

नेपालमा कुल जनसंख्यको झण्डै आधा जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्यलगायत दैनिक जीवनका १० परिसूचकको आधारमा गरिबीको परिभाषा गरेको छ । संघले दैनिक एक अमेरिकी डलर आम्दानी भएका मानिसलाई गरिबीको सूचीमा राख्दै आएको छ ।

राष्ट्रसंघले विश्वमा तीन अर्ब मानिस गरिबीको रेखामुनि रहेको जनाएको छ भने ८० लाख माानिसले पर्याप्त खाना पाएका छैनन् । गरिबीका कारण ८४ लाख मानिस निरक्षर छन् ।

कार्यक्रममा गरिबीका मापन, कारण र अन्त्यका सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा, अर्थमन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, उद्योग मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले गरिबी निवारण विषयमा विभिन्न प्रकृतिका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, नहकुल केसीलगायतले टिप्पणी गर्नुभएको थियो ।

 २५ जिल्लामा यसै महिना देखि गरिब परिचयपत्र बाँडिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More